तुलसीपुर, पुस ४ ।
तुलसीपुरबाट सल्यान फलावाङका लागि छुटेको ट्याक्सी दुर्घटनामा परेको छ । तुलसीपुर सल्यान सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पैयुखोरीमा दुर्घटनामा परी एकजनाको मृत्युु भएको छ ।
दुर्घटनामा परी कपुरकोट गाउँपालिका–४ गाढापानीका २० वर्षकी गीता बुढाथोकीको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा छजना घाइते भएका छन् ।
घाइते हुनेमा कपुरकोट–४ खलावाङ का ३५ वर्षिय सावित्रा वली, सोही ठाउँकै ४० वर्षिय सुशीला विक र छोरी २ वर्षको अम्बिका विक, त्रिवेणी–४ का १८ वर्षिय सहचालक हिमाल रेग्मी, कपुरकोट–४ का ४० वर्षकी रूपा बुढाथोकी, सोही ठाउँको १३ वर्षिय विना विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७६ पुष ४ गते शुक्रवार