२०८१ माघ ३० गते बुधवार

कपुरकोट गाउँपालिकाको गाउँसभा


सल्यान, पुस ४ ।
संसदीय अभ्यासको झल्को दिने गरी कपुरकोट गाउँपालिकाको छैठौँ गाउँसभा शुक्रबार भएको छ । गाउँसभाले दुईवटा ऐन र एउटा नीति पारित गर्दै रकमान्तर गरी दुई ठूला गौरवका योजना सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

सभाले विधेयक समितिका संयोजक मिन बहादुर सेनले पेश गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६, स्वास्थ्य र सरसफाई सम्बन्धी ऐन, ०७६ र सुशासन (सञ्चालन तथा व्यवस्थापन) नीति, २०७६ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारसँग ५० प्रतिशत समपूरक अनुदान कार्यक्रममा साझेदारी गरी कपुरकोट फलावाङ मोटरबाटो रू १ करोड ६० लाख र जामुने खानेपानी योजना १ करोड १० लाख रूपैयाँमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै दर्जन बढी योजनाहरू संघीय सरकार तथा कर्णाली प्रदेश सरकारसँग समपूरक अनुदान तथा विषेश अनुदान कार्यक्रममार्फत कार्यान्वयन गर्ने गरी अनुरोध गरी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गाउँसभाका अध्यक्ष भिमबहादुर सेनले प्रस्तुत गरेको प्रस्तावहरूमा गाउँसभाका सदस्यहरूले छलफलमा भाग लिएर बहुमतले पारित गरेका थिए । गाउँसभाका सदस्यहरूलाई निर्देशन गर्दै उनले विकास निर्माणका हरेक योजनाहरू पारदर्शी, दिगो र गुणस्तरीय बनाउन सचेत बन्न आग्रह गरेका थिए ।

गाउँसभाले विभिन्न योजनाहरूको शीर्षक संशोधनसमेत गरेको छ ।

प्रकाशित मिति : २०७६ पुष ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *