तुलसीपुर,पुष ३ ।
नेपाल पत्रकार महासंघको २७ आँै स्थापना दिवसको अवसरमा बिहिवार तुलसीपुरमा पत्रकारहरुको निःशुल्क आँखा जाचँ गरिएको छ ।
नेपाल पत्रकार महासघं दाङको आयोजना एवं राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा निशुल्क आँखा जाचँ गरिएको हो ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती आँखा अस्पताचल रक्षाचौरका नेत्र अधिकृत सालिकराम गौतमले आँखा जाचँ गराएका मध्ये अधिकांस पत्रकारहरुको आखा सुक्खा देखिएको र केहीलाई चस्मा लगाउने अबस्था रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष केवि मसाल,महासघंका केन्द्रिय पार्षद सुसलि बस्नेत,रासस दाङ प्रमुख नारायणी रजौरे लगाएतले सञ्चारकर्मीहरुका लागी आँखा चेकजाँच कार्यक्रम राखेर सराहनिय कार्य गरेको भन्दै प्रसंसा गरेका थिए ।
नेपाल पत्रकार महासघं दाङले प्रत्येक वर्ष स्थापना दिवसमा राप्ती आँखा अस्पताल रक्षाचौरसगं सहकार्य गर्दे विभिन्न कार्यक्रम गर्दे आएको छ ।
निशुल्क आँखा चेकजाँच कार्यक्रममा तुलसीपुर र घोराहीका गरि ३२ जना पत्रकारहरुले आँखा जाचँ गराएका थिए ।
जसमा सुसिल बस्नेत,ओपेन्द्र बस्नेत,सविन प्रियाशन,केवी मसाल,गोर्कण पौडेल,बसन्त परियार,चेतन रेग्मी,प्रेम विवश घर्ति,देविराम कुसारी,नारायणी रजौरे,सर्मिला डिसी,यमकला भुसाल,शरद रेग्मी,राकेश बस्नेत,सुरेस सुमन डाँगी,गोपाल शर्मा भट्राई,भागवत भट्राई,लक्ष्मण बस्नेत,जितसागर जिएम रहेका छन ।
त्यस्तै धुर्वराज न्यौपाने,सन्तोष केसी,सिब पुन,धनराज स्वर्णकार,निता चौधरी,सरिता चौधरी,दिप्तीशिखा चौधरी,अञ्जना चोधरी,इन्द्र डिसी,भरत चौधरी,सनोद थापा,लक्ष्मण विश्वकर्मा,गणेश आचार्य रहेका छन ।
नेपाल पत्रकार महासघं दाङका सहसचिव गोर्कण पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा धन्यावाद ज्ञापन सहसचिव सर्मिला डिसीले गरेकी थिइन ।
साथै नेपाल पत्रकार महासघं दाङको स्थापना दिवसमा पुष ४ गते घोराहीमा हुन लागेको सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा उपस्थितीका लागी अध्यक्ष सबिन प्रियासनले सबैलाई आग्रह समेत गरेका छन ।