तुलसीपुर,पुष ३। स्थानीय तहमा हस्तान्तरण गरिएका महिला स्वास्थ्य परामर्श केन्द्रहरुमा काउन्सेलरको व्यवस्था नहुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
ओरेक नेपाल दाङको आयोजनामा तुलसीपुरमा भएको हस्तान्तरण गरिएका महिला स्वास्थ्य परामर्श केन्द्र र सेवा विषयक समिक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले परामर्श केन्द्र हस्तान्तरण पछि काउन्सिलीङ गर्ने व्यक्ती नहुँदा स्वास्थ्य सस्थाँहरुमा समस्या भएको बताए ।
ओरेक नेपाल दाङले स्वास्थ्य सेवामा महिलाको सहजै पहुँच प¥याउने उद्देश्यले दाङका ४ पालिकामा महिला स्वास्थ्य परामर्श केन्द्रहरु स्थापना गरेको थियो र उक्त कार्यक्रम गत वर्ष स्थानीय तहमा हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा बोल्दै नगर स्वास्थ्य केन्द्र दोघरेका कल्पना श्रेष्ठले भौतिक संरचना अभावका कारण सेवाग्राहीलाई सेवा दिन समस्या भएको बताइन । उनले भनिन्,– स्वास्थ्य केन्द्रमा भवनको धेरै समस्या छ,गुप्रमा ३÷४ जना सेवाग्राही आउँदा काउन्सिलिङ गर्न ठाउँ समेत हुदैन,उपमहानगरपालिकाले भौतिक संरचना निमार्णका लागी ध्यान दिन जरुरी छ ।
हेकुली स्वास्थ्य चौकीका सिवा चौधरीले पछिल्लो समय पाठेघरमा रिङप्रेसरी लगाउने महिलाहरु धेरै मात्रा रहेको बताइन । अहिले नियमित १२ जना रिङप्रेसरी लगाउने महिलाहरु हुनुहुन्छ तर त्यसमध्ये ३ जनामा रिङप्रेसरी नअडिँदा धेरै समस्या भएको छ,उनले भनिन्,–पाठेघरमा घाउ हुने गरि रगत बग्ने समस्या छ,जटिल खालका बिरामी आउदाँ रेफर कहाँ गर्ने गा¥हो भएको छ ।
उनले विभिन्न साइजका रिङप्रेसरी प्रयाप्त मात्रामा नहुँदा कठिन भएको पनि गुनासो गरिन । ।
त्यस्तै उरहरी स्वास्थ्य चौकीका यसोदा शाहले परामर्श केन्द्र हस्तान्तरण पछि परामर्शदाता नहुँदा सेवा दिन अप्ठ्यारो भएको बताइन । ओरेकले कार्यक्रम सञ्चालन गर्दा परामर्श दाता हुनुहुन्थ्यो त्यसकारण सहज थियो,तर अहिले त्यो समय दिएर सेवा दिन नसकेको उनको भनाई छ ।
धनौरी स्वास्थ्य चौकीका गोमा केसीले परामर्श केन्द्र हस्तान्तरण पछि उक्त कार्यक्रमलाई निरन्तरता दिदै आएको बताइन । डुरुवा स्वास्थ्य चौकीका इञ्चार्ज बसन्त आचार्यले हस्तारन्तरण पछि सेवा प्रभावकारी रुपमा सञ्चालन गर्दै आए पनि बिरामीले खुलेर समस्या नभन्दा समस्या भएको बताए ।
त्यस्तै सहरी स्वास्थ्य केन्द्र घोराहीका कविता शर्माले स्वास्थ्य केन्द्रमा गोलोप्स,इन्फेक्सनको औषधीहरु प्रयाप्त मात्रामा नहुँदा असहज भएको बताइन । सेवा निरन्तर रुपमा सञ्चालनमा छ,तर सामाग्रीहरु प्रयाप्त मात्रामा नहुदाँ असहज भएको छ,उनले भनिन् । उनले परामर्शकर्ताकै अभावले गर्दा केहि विरामी र्फकेर जाने गरेको पनि गुनासो गरिन ।
शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनले महिला स्वास्थ्य परामर्श केन्द्र पछि केही समय काम गर्न असहज भए पनि अहिले सहज रुपमा मनोविमर्श केन्द्र चलाउदै आएको बताए । उनले भने,–३२ जना बिरामीलाई काउन्सेलिङ गरेर पठाइसक्यौ तर अहिले केही दिर्घरोगी विरामीलाई काउन्सेलिङ गर्न गा¥हो भएको छ ।
ओरेक दाङका सयोजंक ईश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले सरकारले लक्षित गरेका स्वास्थ्यका कार्यक्रमहरु समयमै सम्पन्न नगर्दा खर्च गर्ने बजेट फ्रिज भएर जाने गरेको भन्दै उनले अब स्वास्थ्यका ठोस योजनाहरु बनाएर अगाडी बढ्नुपर्ने बताए ।
साथै उनले परामर्श केन्द्रमा आएका जटिल रिङप्रेसरीका बिरामीहरुलाई राप्ती प्रादेशिक अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था रहेको जानकारी दिए ।
त्यस्तै स्वास्थ्य महाशाखाका बिमल केसीले स्वास्थ्य संस्थाहरुमा जिम्मेवारी बाडफाँड नहुदाँ पनि काम गर्न असहज हुने भन्दै काम बाडफाँड गरेर व्यवस्थापनका साथ सेवा दिन आग्रह गरे ।
कार्यक्रममा दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी,हेकुली स्वास्थ्य चौकीका इञ्चार्ज टेकबहादुर खत्री,नगर स्वास्थ्य केन्द्र दोघरेका इश्वरी प्रसाद चालिसे,मानपुर स्वास्थ्य चौकीका इञ्चार्ज कृष्ण केसी,ओरेक दाङका कल्पना चौधरी, धना भण्डारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम सयोजंक दिपा धितालले गरेका थिए ।