२०८२ असार ३० गते मङ्गलवार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन


मंसिर ३० । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिएको थियो । अस्पताल पुर्‍याइएका उनलाई तत्कालै मृत घोषणा गरिएको थियो।

उनको निधनको कारण भने खुलेको छैन ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *