२०८१ जेष्ठ ११ गते शुक्रवार

‘घुम्न जाँउ’ तुलसीपुरको स्टिकर बसमा पनि

शरद रेग्मी,
तुलसीपुर,मंसिर २९ । पर्यटन क्षेत्रको विकासका लागि यातायात क्षेत्रको भूमिका अहम् हुने कुरामा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पर्यटकलाई स्वागत गर्ने पहिलो व्यक्तिका रुपमा यातायात व्यवसायी हुने भएकाले उनीहरुले राम्रो व्यवहार गरे पर्यटकहरुको आगमन वृद्धि हुने कुरा उनीहरुको तर्क छ ।

भ्रमण बर्षलाई सफल पार्न सामाजिक उत्तरदायित्व बहन गर्दै त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिले आइतबार तुलसिपुरबाट दाङका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न ‘घुम्न जाँउ’ दाङ लेखिएको स्टिगर सार्बजनिक गरेको छ ।

अभियानलाई आत्मसाथ गर्न प्रालिले आफ्ना सवारी साधनमा पर्यटकीयस्थलहरु समावेश गरिएको प्रचारात्मक स्टिकर टाँस्ने सुरु गरेको छ ।

तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले काठमान्डौं र दिल्ली जाने बसहरुमा आइतवार स्टिकरहरु टाँसेर अभियानको सुरुवात गरेका हुन ।

पाण्डेले यातायात व्यवसायिले पर्यटक वोकेर आउनुपर्ने भएकाले कर्मचारीहरुले पर्यटक मैत्री व्यवहार गर्नुपर्ने बताए । ‘तपाईहरुले कस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै छाप वोकेर पर्यटकहरु जाने गर्छन,’ पाण्डेले भने ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व निर्देशक रमेशकुमार अधिकारीले अभियानको प्रचारंसगै तुलसीपुरमा मिठो सौहार्दता प्राप्त हुन्छ भन्ने धारणाको विकाश गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रालिका अध्यक्ष सुरेश हमालले यातायातको क्षेत्रबाट अभियानलाई पूर्णत सहयोग गर्ने वताए । उनले अन्य प्रचारात्मक अभियानलाई पनि अगाडि वढाउने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *