२०८१ बैशाख ६ गते बिहिवार

न्यायिक निकायहरु पीडित मैत्री बन्न नसकेको गुनासो

यमकला भुसाल,
तुलसीपुर,मंसिर २९ ।न्यायिक निकायहरु पीडित मैत्री बन्न नसकेको बक्ताहरुले गुनासो गरेका छन । महिला मानव अधिकार रक्षक सञ्जाल दाङ र ओरेक दाङको सहकार्यमा आइतवार तुलसीपुरमा भएको न्यायिक संयन्त्रमा लैंगिक संबेदनशिलता कायम गर्न सरोकारवालाहरुको भूमिका विषयक संबाद कार्यक्रमका बक्ताहरुले न्यायिक निकायमा फैसलामा ढिलाई हुँदा पीडित थप पिडामा पर्ने गरेको गुनासो गरेका हुन ।

उनीहरुले हरेक पीडितले न्यायको अनुभूति गर्नेे गरि न्यायिक निकायले लैंगिक संबेदनशिलतामा ध्यान दिन जरुरी रहेको बताए ।महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा दंगिशरण गाउँपालिका उपाध्यक्ष पीमा खड्काले लैंगिक संबेदनशिलता कायम गर्न प्रत्येक नागरिक संबेदनशिल हुनुपर्नेमा जोड दिइन ।

तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति सदस्य जानका रेग्मीले तुलसीपुर न्यायिक समिति लैंगिक संबेदनशिलतामा गम्भीर रहेको बताइन । महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सदस्य सीतारा नेपालीले महिला मैत्री नियम कानुन नबन्दा अधिकारकर्मी नै असुरक्षित अवस्थामा रहेको बताइन ।

ओरेक दाङका सयोंजक ईश्वरी थापाले हरेक ठाउँमा न्यायिक निकाय खडा गर्ने गरेतापनि सुरक्षा दिन नसक्दा कयौँ पीडित व्यक्तिले आत्माहत्या गरेर अकालमै ज्यान गुमाउने गरेको हुँदा न्यायिक प्रक्रिया छिटो छरितो बनाउन आवश्यक रहेको तर्क गरिन ।

कार्यक्रममा शान्तिनगर गाउँपालिका उपाध्यक्ष मिथिला शाह,तुलसीपुर न्यायिक समिति सदस्य यमुना परियार,महिला अधिकारकर्मी युवा करारा,ओरेक दाङका कार्यक्रम सयोजंक दीपा धिताल, तुलसीपुर महिला बालबालिका तथा सामाजिक विकाश शाखाका राधा भट्राई,राष्ट्रिय अपांग महासघं प्रदेश नं ५ का सल्लाहाकार प्रतिमा शर्मा,सेन्टर मावि तुलसीपुरका विद्यालय व्यवस्थापना समिति अध्यक्ष लेखन राम पौडेल,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डम्मरपाल,पत्रकार जितसागर जिएम लगाएतले न्यायिक निकायहरुमा लैंगिक संबेदनशिलता कायम गर्न सम्पुर्ण सरोकारवालाहरु एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण महिला मानव अधिकार रक्षक सञ्जाल दाङका पुर्वअध्यक्ष सुष्मा गिरीले गरेकी हुन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *