बुटवल मंसिर २९ । प्रदेश नं. ५ को नाम ‘लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरिएको छ । राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित बिशेष समितिले डेढबर्ष पछि आइतवार आफुलाई दिएको जिम्मेवारी अनुसार प्रदेशको नाम ‘लुम्बिनी’ राख्न सिफारिस गर्ने तयारी गरेको हो ।
समितिले गरेको सिफारिसलाई प्रदेश सभाको बैठकको दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।
अन्तिम पटक समयसिमा थप गर्दा मंसिर ३० गते भित्र प्रदेसको नाम र राजधानी सिफारिस गर्न समितिलाई समय सीमा तोकिएको छ । त्यसैले (भोलि) सोमबार प्रदेससभाका सभामुखलाई बुझाउने तयारी गरेको छ । नामको सवालमा धेरै विवाद नभएको हुँदा ‘लुम्बिनी’ नै टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
प्रदेश स्थापना भएको झण्डै दुईबर्ष पछि प्रदेस ५ को राजधानीको नामको टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
प्रदेश ५ को नाम र राजधानी तोक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाको बैठकले २०७५ साउनमा साम्सद दिपेन्द्र पुनको संयोजकत्वमा बिशेष समिति गठन गरेको थियो ।
उक्त समितिलाई पहिलो पटक ३ महिनाको समयसिमा प्रदान गरिएको थियो । तर, समितिले पहिलो ३ महिना बैठक नै बस्न सकेको थिएन ।
समितिले सम्पेको जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरिएको थियो । पछिल्लो समय उक्त समिति भारतको हरियाणा र पञ्जावको राजधानी भ्रमणमा गएको थियो ।
त्यसैगरी उक्त समितिले राजधानीको लागि भने दाङको भालुवाङ वा लमही,रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभुमी गरि तीनवटा स्थान सिफारिस गर्ने तयारी गरेको स्रोतले बताएको छ ।