२०८१ बैशाख ७ गते शुक्रवार

लोकतन्त्रको प्राण सुशासन हो –कृष्ण पहाडी


विमल गौतम,
तुलसीपुर, मंसिर २८ । मानव अधिकारकर्मी कृष्ण पहाडीले मुलुकलाई सुशासन युक्त लोकतन्त्र चाहिएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाजको २२आंै राष्ट्रिय परिषद वैठकलाई सम्वोधन गर्दै पहाडीले शान्ती, शुसासन, भ्रष्टाचार मुक्त समाजको लागि सुशासन युक्त लोकतन्त्र चाहिएको तर्क गरेका हुन ।

त्यस्तै उनले लामो आन्दोलन पपछि मुलुकले लोकतन्त्र प्राप्त गरेका भन्दै त्यो लोकतन्त्र स्वतन्त्र, भयरहित र निष्पक्ष हुनुपर्ने जोड दिए ।

‘लोकतन्त्रको प्राण सुशासन हो । कुशासन लोकतन्त्रको रोग हो,’ पहाडीले भने –‘देशमा अहिले सुशासन भन्दा पनि कुशासनको विकाश भइरहेको छ । यसलाई सच्याउनका लागि आम नागरिक स्तरबाटै खबरदारी गर्न आबश्यक छ ।’

हिंसात्मक गतिविधिमा लागेको विप्लव समुहलाई बार्तामा आउन आग्रह गदै उनले हत्या,हिंसा जस्ता गतिविधि नगर्न अपिल समेत गरे समाजलाई हिंसा, दुव्र्यसनी, भ्रष्टाचार र कुशासनबाट मुक्त गर्न सके मात्रै शान्ति स्थायित्व कायम हुने उनले तर्क गरे ।

शान्ति समाजका संस्थापक सभापति समेत रहेका पहाडीले पछिल्नो समय सवै भन्दा चुनौती भ्रष्टाचार बन्दै गएको भन्दै चिन्ता जाहेर गरे ।

उनले मानव अधिकारकर्मी सधै लोकतन्त्रको पक्षमा उभिएको भन्दै हत्या, हिंसा, विभेद, बलात्कार, भ्रष्टाचार जस्ता गतिविधिलाई रोक्न नागरिक स्तरबाटै दबाव दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अन्य वक्ताहरुले नेपाली भूमि मिचिएको प्रति चिन्ता व्यक्त गर्दै भारतीय सरकारले नेपाली भूमि माथि कब्जा जमाएर अपराध गरेको बताएका थिए । १९६२ देखि नै नेपाली भूमिमाथि भारतीय पक्षवाट सीमा मिच्न सुरु भएको भन्दै लिपुलेख, कालापानी र लिम्पिियाधुराबाट आफना सेना तत्काल फिर्ता लैजान उनीहरुले आग्रह गरेका छन् । भारतले पाकिस्तान र पाकिस्तानले भारतीय भूमि मिच्दा पनि मानवअधिकारवादी बोल्ने गरेको स्मरण गर्दै आफुहरुको समयंतालाई कम नआँक्न चेतावनी समेत दिए ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवराज विश्वकर्मा, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सामाजिक अभियन्ता लोकेश ढकाल, शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल, समाजका सल्लाहकार डा.गंगाधर अधिकारी, पत्रकार महांसघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला अधिकारकर्मी पद्मा चौधरी, युवा करारा, ब्रहमकुमारी इश्वरीय विश्वय विद्यालयका प्रमुख तीता दिदी लगाएतले मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लोक कवि अजुर्न पराजुलीले सन्देशमूलक रचना बाचन गरेका थिए भने मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखालाई उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको थियो । मोरङ शाखालाई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

समाजका दाङ शाखा सभापति शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समाजका केन्द्रिय महासचिव सुसील बस्नेतले गरेका हुन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *