२०८२ असार ३० गते मङ्गलवार

बाटो खन्दा दुई दर्जन जति खानेपानीको पाईपमा क्षति

दाङ,मंसिर २७ । तुलसीपुर उपमहमानगरपालिका वडा नं. ३ सातवास क्षेत्रमा सडक चौडा पार्ने क्रममा झन्डै दुई दर्जन जति खानेपानीका पाइपहरु क्षति विक्षत भएका छन् ।

ती पाईप तुलसीपुर खाने पानी तथा सरसफाई संस्थाका हुन । त्यहाँ सडक विस्तार गर्न गठित उपभोक्ता समितिका अध्यक्ष ४४ बर्षीय कर्णबहादुर बुढाले पैंया खोरेदेखि सातबास सम्म सडक चौडा पार्ने क्रममा झन्डै २५ देखि ३० वटा खानेपानीका पाइप क्षतविक्षत भएको जानकारी दिए ।

डोजेरले बाटो खन्टा पहाडवाट झरेको ढुंगाले लागेर पाइपहरु क्षतविक्षत भएको उनले जानकारी दिए ।

सडक विस्तारका क्रममा पाइपहरुमा क्षति पुगेको हुँदा पानी वितरणमा समस्या उत्पन्न भइहरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका एक पदाधिकारीले बताए ।

तुलसीपुर–घोराही सडक खण्ड अन्तरगतको हात्तिखौवा चोकदेखि घोराहीको बबई पुलसम्मको २८ किलोमिटर सडक विस्तार गर्न भन्दै तुलसीपुर ३ को सातबास र राम्रीधाम क्षेत्रवाट इआइए नगरी बाटो चौडापार्ने भन्दै धमाधम ढंगाहरु उत्खनन् गरिदै आइएको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *