यमकला भुसाल,
तुलसीपुर, मंसिर २७ ।तुलसीपुर उपमहानगरपालिका वडा नं ४ रक्षाचौरले विहीवार सुकिदह महोत्सव उल्लास पूर्वक समापन भएको छ । स्थानीय कला संस्कृति झल्कने नृत्य, झाँकी तथा भेस भुसा महोत्सवमा प्रर्दशन गरिएको थियो । स्थानीय लोक संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ मेलालाई महोत्सवको रुपमा मनाइएको हो ।
प्रत्येक वर्ष मंसिर पुर्णिमाको दिन सुकिदह मेला लाग्दै आएको भएपनि त्यसमा थप आकर्षण थप्न यो वर्ष महोत्सवको रुपमा मनाइएको हो । तुलसीपुर वडा नं ४ का अध्यक्ष बालकृृष्ण रानाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि केसीले सुकिदहको संरक्षण र प्रवद्र्धन गर्न पहल गर्ने आश्वासन दिए । उनले भने,– ‘सुकिदहको छुट्ै महत्व र विशेषता छ,यसलाई संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारको माध्यमबाट पहल गर्ने छु।’
विशष्टि अतिथि श्याम डाँगीले सुकिदह ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र भएको हुँदा त्यसको व्यवस्थापन गर्न उपमहानगरपालिकामा पहल गर्ने बताए । चमेरे गुफाको सरक्षण र प्रबद्र्धन गर्न ५० लाख बजेट छुट्याएको उनले जानकारी दिए ।
उनले आगामी वर्ष सुकीदहको प्रबद्र्धन गर्न बजेट छुट्याउने विश्वास दिलाए ।
कार्यक्रममा नेकपा वडा नं ४ का अध्यक्ष गणेश गिरी,नेपाली काँग्रेसका लेखराज कार्की,राप्रपाका एमलाल पाण्डे, जनमोर्चाका दोर्णबहादुर घर्ती लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसक्रममा आयोजित भलिवल प्रतियोगितामा ९ वटा सामुदायिक वन र २ वटा सामुदायिक विद्यालय बीच प्रतिपर्धा भएको थियो । प्रतियोगितामा गुरुजजुर मावि प्रथम,न्याउली सामुदायिक वन द्धतिय र गादिबहरा सामुदायिक वन तृतिय भएको थिए ।
कार्यक्रममा बक्सिङ प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, झाँकी जुलुस प्रदर्शन गरिएका थिए ।