२०८१ असोज २४ गते बिहिवार

दुव्र्यसन बिरुद्ध शान्ति समाजको अभियान

सुशील बस्नेत तुलसीपुर,२३ मंसिर ।  मानव अधिकार तथा शान्ति समाजले देश ब्यापी लागू औषध/मदिरा दुब्र्यसन बिरुद्ध बिद्यालय अभियान सञ्चालन गरेको छ ।

आगामी मंसीर २७ र २८ गते दाङको तुलसीपुरमा हुन लागेको २२ औ राष्ट्रिय परिषद् बैठकको सन्र्दभमा दाङका बिद्यालयमा लागू औषध/मदिरा दुब्र्यसन बिरुद्ध अभियान सञ्चालन गरिएको छ ।

दाङमा आगामी मंसीर २३, २४ र २५ गते बिभिन्न बिद्यालयमा लागू औषध/मदिरा दुब्र्यसन बिरुद्ध सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत पश्चिम दाङका माबि बालापुरमा बालबालिकाहरुसँग अन्तरक्रिया गरिएको छ ।

कक्षा ९ र १० का झण्डै १ सय जना बालबालिकाहरुको सभागितामा लागू औषध/मदिरा दुब्र्यसन बिरुद्धको अभियानमा समुदायको भूमिका, लागु औषध मदिरा दुब्र्यसन मुक्त कार्य स्थल र युवा पुस्तालाई बिशेष आग्रहका सम्बन्धमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेत,मानव अधिकार तथा शान्ति समाजको पृष्ठ भूमि,लागु औषध/मदिरा दुब्र्यसन बिरुद्ध शान्ति समाजको अभियान शान्ति समाजका केन्द्रीय सुशासन समितिका संयोजक र अभिभाबकको भूमिका तथा बिद्यालयको भूमिका बिषयमा शान्ति समाज दाङ शाखाका सचिब निर्मला डिसीले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुर्वणकुमार लाछिाने लगायत बिद्यालयका शिक्षक शिक्षीकाको सहभागिता थियो ।

यसैबिच शान्ति समाज दाङ शाखाले यस क्षेत्रका बिभिन्न बिद्यालयमा अभियान सञ्चालन गर्ने शाखा सभापति शरद रेग्मीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *