२०८२ असार २७ गते शनिवार

प्रदेश स्तरमा पहिलो पटक सुनाखरी सिकाई मेला माबि बालापुरमा हुदैँ

सुशील बस्नेत दाङ,२३ मंसिर ।  माबि बालापुर दाङमा पुस ११ गते हुन लागेको शिक्षण सिकाई मेलाको तयारीलाई तिव्र पारिएको छ । प्रदेश नम्वर ५ मा पहिलो पटक पश्चिम दाङका सामुदायि बिद्यालय बालापुरमा सुनाखरी सिकाई मेला सञ्चालन गर्न लागिएको हो ।

शैक्षिक मेलाको माध्यमबाट सिक्ने र सिकाउने प्रयोगात्मक बिधिलाई सवलीकरण गर्दै बलियो शैक्षिक सञ्जाल निर्माण गरी बिद्यार्थी र शिक्षकलाई सिक्ने सिकाउने प्रक्रियामा सहभागी हुन खुल्ला अवसर प्रदान गर्ने आयोजक माबि बालापुुरका प्रधानाध्यापक सुर्वणकुमार लामिछानेले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडाका ९ वटा बिद्यालय आयोजक र उपमहानगरपालिका भित्रका १ सय ३९ वटा सामुदायिक तथा नीजि बिद्यालयको उक्त शैक्षिक मेलामा सहभागीता हुने तयारी समितिका सन्तोष लम्सालले जानकारी दिए ।

साँढे ३ लाख खर्चको लागत अनुमान गरीएको मेलामा ५० शैक्षिक स्टल निर्माण गरिने छ । ती स्टलमा दिगो बिकास लक्ष्यका सुचक,बिद्यार्थीहरुले बनाएका सामाग्री,कलेज बिफ्रिङ,बित्तिय संस्थाको जानकारी लगायत सांस्कृतीक कार्यक्रम र प्यानल डिस्कर्सन कार्यक्रम समेत गरिने माबि बालापुरका शिक्षक निर्मल नेपालीले जानकारी दिए ।

मुल तयारी समितिले सोमबार माबि बालापुरमा सुनाखरी सिकाई मेलाका सल्लाहकारहरुलाई तयारीका बारेमा जानकारी गराएको थियो ।

तयारी मुल समितिका सल्लाहकार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजु आचार्य,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीमबहादुर वली,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब एवं पत्रकार सुशील बस्नेत,त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात समितिका अध्यक्ष सुरेश हमाल,लायन्स क्लव अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसी लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *