
दाङ, मंसिर २२ । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलेकोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।
केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेकासहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
सुर्खेतबाट सेनाको हेलिकप्टर आएर उनलाई काठमाडौं लैजान लागेको उपाध्यायले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार