२०८१ असोज २४ गते बिहिवार

घाइते छात्रालाई हेलिकोप्टबाट काठमान्डौं लगिदै

प्रियास्मृति ढकाल, बाँके,मंसिर २२ ।  बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट गम्भिर घाइते छात्रालाई थप उपचारका लागि काठमान्डौं लैजान तयारी गरिएको छ ।

त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रगति चन्दलाई विहान १० बजेतिर ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालय अगाडी ठक्कर दिएर गम्भीर घाइते भएकी छन् ।

कोहलपुरस्थित मेडिकल कलेजमा उपचाररत छात्रा चन्दलाई थप उपचारको लागि काठमान्डौं लैजान हेलिकप्डर मागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । बुवासंग भे ६ प २७४० नम्वरको स्कुटर चढेर विद्यालय नजिकै ओर्लिए लगतै चन्दलाई ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुले बालिका गम्भिर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरिदिएका छन् । आक्रोसित विद्यार्थीहरुले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरुको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दुई दर्जन भन्दा बढी पटक हवाइ फायर गरेको छ । दर्जनौ अश्रृग्यास हानेको छ । विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमै पुगेर ढुंगामुढा गर्नुका साथै प्रहरीको किचेन पनि जलाई दिएका छन् ।

प्रहरीले हानेको प्लाष्टिकको गोली लागेर ३ विद्यार्थी घाइते भएको शिक्षक ऋषि देवकोटाले जानकारी दिए । शिक्षक देवकोटाका अनुसार एकजना विद्यार्थीको घाँटी, अर्काको पाखुरा र अर्का विद्यार्थीलाई खुट्टामा रवरको गोली लागेको छ । व्लडिङ भइरहेको हुँदा उनीहरुलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको शिक्षक देवकोटाले जानकारी दिए ।

प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक घाइते भएका छन् । सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पु¥याएको हो । ती बालकका अभिभावक भने यो खवर तयार पार्दासम्म पत्ता लागि नसकेको जानकारी दिइएको छ ।

डिएसपी शाहीसहित ७ प्रहरी घाइते

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रगती चन्दलाई ट्रकले ठक्कर दिएर घाइते तुल्याए पछि एकाएक झडपको स्थिति उत्पन्न भएपछि त्यसमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरीपनि घाइते भएका छन् ।

घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य,खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खवर तयार पार्दा सम्मपनि कोहलपुरको अवस्थामा सुधार आइसकेको छैन । अवस्था तनाव ग्रस्त बन्दै गएको हुँदा कर्फ्यू लगाउने तयारी भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *