प्रियास्मृति ढकाल, बाँके ,मंसिर २२ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ ।
त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रगति चन्दलाई विहान १० बजेतिर ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालय अगाडी ठक्कर दिएको थियो । चन्दलाई विद्यालय पु¥याउन उनका बाबु गएका थिए ।
बाबुको स्कुटीवाट ओर्लिय लगतै छात्रा चन्दलाई ट्रकले किचेको थियो । घाइते बालिकाको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको र अन्यन्त्र लैजाने तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले जानकारी दिएका छन् ।
ट्रकको ठक्करबाट स्कुले बालिका गम्भिर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ । आक्रोसित विद्यार्थीहरुले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरुको सिसा फुटाइदिएका छन् ।
उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ । दर्जनौ अश्रृग्यास हानेको छ ।
विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमै पुगेर ढुंगामुढा गरिरहेका छन् भने प्रहरीले इलाका भित्रैबाट अश्रृग्यास तथा हवाई फायर गरिरहेको छ ।