२०८१ बैशाख २१ गते शुक्रवार

शाहको निधनमा नगरप्रमुखद्वारा शोक व्यक्त

तुलसीपुर,१९ मंसिर ।  तुलसीपुर उपमहानगरपालिकाका संस्थापक उपप्रमुख प्रदिप शाहको निधनप्रति नगरप्रमुख घनश्याम पाण्डेले शोक व्यक्त गरेका छन् ।

तुलसीपुरलाई विकासको वाटोमा अगाडि वढाउनका लागि शाहको महत्वपूर्ण योगदान रहेको स्मरण समेत उनले गरेका छन् ।

बिहिवार शोक वक्तव्य जारी गर्दै नगरप्रमुख पाण्डेले शाहको निधनले तुलसीपुरको विकासको महत्वपूर्ण खम्वा ढलेको उल्लेख गरेका छन् ।

तुलसीपुरको विकासमा दिनुभएको योगदान हामी सबैका लागि स्मरणीय रहेको छ’ वक्तव्यमा उल्लेख छ ।

तुलसीपुरको विकासको पहिलो ढोका खोल्ने व्यक्तिका रुपमा चित्रित गर्दै शाहको योगदानलाई उपमहानगरवासीले सदैव स्मरण गरिरहने समेत उल्लेख गरिएको छ ।

साथै विज्ञप्तीमा शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *