२०८१ जेष्ठ १७ गते बिहिवार

सल्यानमा २ व्यक्ति साढे २ किलो अफिमसहित पक्राउ

दाङ,मंसिर १९ । साढे दुई किलो प्रतिवन्धित आगु औषध अफिमसहित सल्यानमा दुई व्यक्ति पक्राउ परेका छन् ।

सल्यानको शारदा नगरपालिका वडा नं। ७ कजेरी निवासी २८ बर्षीय झक्कुप्रशाद बोहोरा र बागचौर नगरपालिका वडा नं। १० पिपलनेटा निवासी ४५ बर्षीय टेकमप्रशाद शर्मालाई प्रहरीले अफिमको ओसार पसार र कारोवार गरेको अभियोगमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार पश्चिम रुकुमवाट काठमान्डौं तर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालीको ना ५ ख ४९९५ नम्वरको बसबाट मंसिर १५ गते उक्त परिमानमा अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो ।

राप्ती राजमार्ग अन्तरगत सल्यानको बागचौर नगरपालिका वडा नं। ५ बाङ्गेलाखुरी बाट दाङतर्फ आउँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा अफिमसहित उनीहरु पक्राउ परेको डिएसपी ततिवडाले जानकारी दिए ।

पक्राउ परेका मध्य ४५ बर्षीय शर्मा सोही बसका चालक हुन । बरामद भएको अफिम शर्माको झोलावाट बरामद भएको हुँदा उनको पनि प्रतिवन्धित आगुऔषध ओसार पसार तथा विक्रि वितरण गर्ने कार्यमा सम्लग्नता रहेको खुल्न आएको डिएसपी खतिवडाले बताए ।

बसका चालकसमेत आर्थिक लालचमा परेर अवैध लागु औषध बारोवार तथा ओसार पसारगर्ने कार्यमा सम्लग्न देखिनुले प्रहरीले नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको डिएसपी खतिवडाले तर्क गरे ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *