२०८१ असोज २९ गते मङ्गलवार

अन्धोपन न्युनिकरण गर्न झाँक्र्रीदेखि शिक्षकलाई तालिम


शंकर केसी,
सल्यान, मंसिर १९ । अन्धोपन न्यूनिकरणका लागि शिक्षकदेखि धामी झाँक्र्री सम्मलाई तालिम दिएको छ ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम सञ्चालन गरेको हो । यो वर्ष अस्पतालले ५० जना स्वास्थ्यकर्मी, २० औषधी विक्रेता, ५० शिक्षक तथा ६० जना जनप्रतिनिधीलाई तालिम प्रदान गरिएको छ ।

सोही अनुरुप बुधबार सल्यानको कपुरकोटमा शिक्षक तथा स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।
प्रमुख प्रशिक्षक नेपाल नेत्रज्योती संघका केन्द्रिय कार्यक्रम संयोजक हुकुम पोखरेलले विद्यालय उमेरका वालवालिकाको दृष्टि र आँखाको अवस्था तथा अन्धोपन रोकथामका उपायका बारेमा प्रशिक्षण दिएका बताए ।
कपिलबस्तुको शिवजन नगरपालिकामा २० शिक्षक र रोल्पाको सुलिचौरमा ६० जनप्रतिनिधिलाई तालिम प्रदान गरिएको जानकारी दिइएको छ ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले राप्ती आँखा अस्पताल संग समन्वय गरेर जेष्ठ नागरिकको दृष्टि फर्काउन सहकार्य र समन्वयलाई निरन्तरता दिने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *