मंसिर १७ । बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना भएको हो ।
मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।
नम्बर नखुलेको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एक बालक सहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।
थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार