तुलसीपुर,१७ मंसिर । दाङका एक ब्यक्तिको बैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएको छ ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं.३ भलानेटी निवासी शुकलाल नेपालीको मृत्यु भएको हो ।
रोजगारको सिलसिलामा मलेसियामा मृत्यु भएका नेपालीको शवलाई सोमबार घर ल्याईएको थियो ।
उनको शवलाई मंगलबार बिहान स्थानीय बस्ति खोलामा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले बताएको छ ।
उनी करिब ५-६ बर्षदेखि रोजगारको सिलसिलामा मलेसिलामा थिए ।
प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार