२०८१ जेष्ठ ५ गते शनिवार

पोखरामा माटोमा पुरिएर सल्यानका ५ जना मजदुरको मृत्यु

पोखरा,१५ मंसिर। पोखरा–२० को मौजामा ढिस्कोले पुरिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ज्यान गुमाउने सबै सल्यानको एउटै गाउँका हुन् ।

पोखरा महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका सल्यानको बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।

ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् । अहिले प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालेर पोस्टमार्फतको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए । सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको हो ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *