२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङमा ६६ प्रतिसत मतदान


दाङ,मंसिर १४ । दाङमा शनिवार भएको उपनिर्वाचन शान्ति पूर्ण रुपमा सकिएको छ । दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा प्रदेशसभा सदस्य पदका लागि र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको छ ।

ती दुई स्थानमा गरेर यो उपनिर्वाचनमा दाङमा कुल मतदाता संख्या ७३ हजार १ सय ७२ रहेको थियो । त्यसमध्य ४८ हजार ९ सय ४४ मत खसेको छ । प्रतिशतमा त्यो ६६.८९५ हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए । उपनिर्वाचनमा मताधिकार पाएका मध्य २४ हजार ९ सय ४४ जनाले मतदान नगरेको देखिएको छ ।

प्रदेशसभा ३(२) मा जम्मा मतदाता संख्या ६८ हजार ७ सय १९ रहेकोमा मतदान जम्मा ४५ हजार ७ सय १८ मात्रै भएको छ । यहाँ २३ हजार १ जना मतदाता मतदानमा सहभागि भएनन् । खसेको मत मध्य २५ हजार ५ सय ९० महिला र पुरूष २० हजार १ सय २८ जनाले मतदान गरेका छन् । प्रदेशको मात्रै प्रतिसतमा भन्नुपर्दा ६६.५३ प्रतिसत मत खसेको छ ।

त्यसैगरी घोराही उप–महानगरपालिका वडा नं. १६ को निर्वाचन कुल मतदाता संख्या ४ हजार ४ सय ५३ रहेकोमा ३ हजार २ सय २६ मत खसेको छ । यहाँ १ हजार २ सय २७ मतदाता मत हाल्न गएनन् । घोराही १६ मा १ हजार ८ सय ८ महिलाले मतदान गरेका छन् भने १ हजार ४ सय १८ पुरुषले मतदान गरेका छन् । घोराही वडा नं. १६मा मात्रै जोड्दा मत खसको प्रतिसत ७२.४४५ हुन आउँछ ।

गत निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा ६८.८ प्रतिसत मतदान भएको थियो । अघिल्लो निर्वाचनमा कुल मतदाता ६५ हजार ८ सय २ थिए । खसेको मत मध्य ४२ हजार ६ सय ४९ मत सदर भएको थियो ।
यसैबीच घोराही वडा नं. १६ को मतगणना भने केही बेरमै सुरु गर्ने तयारी गरिएको छ ।

प्रदेशसभा सदस्य पदको मत गणना भने आइतवार विहानदेखि मात्रै हुने भएको छ । मतपेटी ल्याउन राति अवेर हुन भएको हुँदा आइतवार विहान मात्रै मतगणना हुन सक्ने संभावना रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *