दाङ, मंसिर १४ । रोल्पाको थवाङको वडा नं. १ को वडा अध्यक्ष पदको परिणाम सार्वजनिक भएको छ । प्राप्त परिनाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढा १ सय ७४ मत प्राप्त गरि थवाङ १ को वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
मत परिनाम अनुसार नेपाली कांग्रेसका कलमबहादुर बुढाले २६ मत मात्रै प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । खसेको मत मध्य ९ मत बदर भएको कार्यालले जानकारी दिएको छ ।
थवाङको वडा नं. १ मा कुल मतदाताको संख्या १ हजार २ सय ८४ रहेकोमा जम्मा २ सय ९ मत मात्रै खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार