२०८२ जेष्ठ ११ गते शुक्रवार

मत परिणाम यो पल्ट मेरो पक्षमा आएन भने पनि आत्तिने छैन – स्वतन्त्र उम्मदेवार वली

तपाईको उमेदवारी किन ?
मेरो उम्मेदवारी स्पष्ट रुपमा भन्नु पर्दा एउटा उदघोष हो वडा बासी नागरिकको लागि कि वडामा ,देशमा दुई वटा पार्टी मात्र छैनन।विकल्प पनि छ।अब मत दिनको लागि योग्य उम्मेदवारी पनि आएको छ र उ वडाको हितको लागि योग्य छ भन्ने जानकारी दिन हो।

चुनावी गतिविधि कस्तो छ ?
हामीले पहिलो चरणको घरदैलो सक्काएको छौ।अहिले आन्तरिक भेटघाटमा व्यस्त छौ।समग्रमा माहोल एकदम तातिएको छ हामी उत्साही छौ।

जनता के भन्छन् ?
विकल्प बनेर योग्य उम्मेदवार मत माग्न आएको देख्दा नागरिकहरु एकदमै खुशी छन।तपाईलाई जिताउछौ भनेका छन।नागरिकहरुको खुशीले झन धेरै हौसला थपिएको पनि छ।

जनतामाझ लगेको एजेन्डाहरु के–के हुन् ?
मेरो एजेण्डा दुई-तीन पन्ना भरिने छैन।मैले यो निर्वाचनको लागि जम्मा ६ वटा एजेण्डा नागरिकमाझ लिएर गएको छु।ती सबै नागरिकको दैनिक जिवनसंग संबन्धित छन।जसमा शिक्षा,स्वास्थ्य,खेलकुद र कृषि रहेका छन।

कार्यान्वयन गर्ने आधार के छन् ?
कार्यन्वयनको आधार भनेको मैले गर्न नसकिने कामहरु भनेकै छैन।ठुला ठुला र असंभव कुरा गरेको छैन।एकदम साधारण कुराहरु छन जसलाई म वौद्धिक वर्गको सरसल्लाह लिएर पुरा गर्नेछु।

जनताका लागि अहिलेसम्म के के गर्नुभयो ?
म संधै नागरिकको माझ मा नै छु।अहिले वडा स्तरिय युवा क्लबको अध्यक्ष छु र विभिन्न काम गरिरहेको छु।विगत लामो समय देखी खेलकुद,शिक्षा र स्वास्थ्य संग संबन्धित विभिन्न अभियानहरुमा नेतृत्व लिदै आईरहेको छु।

पार्टीहरुको बिचमा चुनावी परिणाम हात पार्न त सकस छैन र ?
सकस छ र मज्जा पनि यसैमा छ जस्तो लाग्छ।सजिलै जितिने भयो भने मजा पनि हुदैन।मलाई त के लाग्छ भने अरु पार्टीलाई पनि मेरो उम्मेदवारीले गर्दा सकस भएको छ,प्रतिस्पर्धाको मजा लिईरहेका छन तर म यो चुनावी परिणाम आफ्नो पक्षमा पार्नेमा विश्वस्त छु।

मतपरिणाम तपाईको पक्षमा आउन सकेन भने नि ?
म यो समय नकरात्मक हुन चाहदिन तर तपाईले प्रश्न गरिहाल्नु भयो।मतपरिणाम यो पल्ट मेरो पक्षमा आएन भने म आत्तिनेछैन।हिजो पनि नागरिक माझनै कार्यक्रमहरु गर्दै बसेको मान्छे हु र भोलि का दिनमा पनि त्यही स्थानमा देख्नुहुनेछ।

जनताले कस्ता किसिमका विकास मागेका छन् ?
जनताले विशेष गरी बाटो-घाटो र खानेपानीको समस्या सुनाएका छन। भ्रष्टाचार कम हुनु पर्यो भनेका छन।बजेटको सदुपयोग गर्नु पर्यो भनेका छन।

अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा, म घोराही उप-महानगरपालिका वडा नं. १६ को सम्पुर्ण मतदाता लाई तपाईहरुले मलाई घरदैलो कार्यक्रममा दिनुभएको मायाको लागि धन्यवाद दिन चाहन्छु।मंसिर १४ गते हुने निर्वाचनमा मलाई अत्याधिक मत दिएर विजयी गराई वडाको विकासको लागि काम गर्ने अवसर दिनुहुन पनि अनुरोध गर्न चाहन्छु।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *