२०८२ असार २४ गते बुधवार

कांग्रेसको पक्षमा आएको जनलहरले जित सुनिश्चित – अनिता देवकोटा


आरके सितल,
दाङ, मंसिर ११ । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेपाली काँग्रेसको पक्षमा जनलहर आएको हुँदा जित सुनिश्चित भइसकेको बताएकी छन् । मंगलवार घोराही उपमहानगरपालिका वडा नम्बर १६ को जुरुट्टेमा चुनावी सभालाई सम्वोधन गर्दै काँग्रेस नेतृ देवकोटाले देशैभर कांग्रेसको पक्षमा जनलहर आएको दाबी गर्दै काँग्रेसको जित सुनिश्चित भइसकेको दाबी गरेकी हुन ।

देवकोटाले देशमा भएक हरेक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको, विकाशका हरेक काम कांग्रेसकै पालामा भएको हुँदा जनताले कांग्रेसको कामको मुल्यांकन गर्दै मत दिएर विजयी बनाउने विश्वास व्यक्त गरिन । त्यस्तै प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठले सरकारको नेतृत्व गरेको नेकपाले शक्तिको चरम दुरुपयोग गरेको,जनताको समस्या भन्दा कार्यकर्ताको मात्रै पोशेको बताए ।

त्यस्तै संविधानसभा सदस्य राजु खनालले कांग्रेसको पालामा भएको विकाशलाई अहिलेको सरकारले आँफुले गरेको विकाश भन्दै भजाउने गरेको भन्दै रोष प्रकट गरे । जनताको समस्या समाधान गर्न नसक्ने सरकारको औचित्य समाप्त भइसकेको उनले दाबी गरे ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले जनतालाई झ्ुक्याएर अघिल्लो निर्वाचनमा विजयी भएको कम्युनिष्ट सरकारको चाला सबै जनताले बुझिसकेको हुँदा यो पटक काँग्रेसलाई विजयी बनाउने आशा व्यक्त गरे । वडा ईकाइ सभापति सुरेश पछाईको अध्यक्षतमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *