दाङ,मंसिर १० । दाङमा भएको बस दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।
चालक सहित थप १२ जना घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ बचेनी भन्ने स्थानमा ना ३ ख ६५४२ नम्वरको बस दुर्घटना हुँदा एक महिलाको घटना स्थलमै मृत्यु भएको छ ।
यो खवर तयार पार्दा सम्म उनको सनाखद हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका अुनसार बस दुर्घटनामा परि सवारी चाकल सहित १२ जना घाइते भएका छन् ।
उनीहरुलाई उपचारको लागि दाङ तर्फ ल्याउन लागिएको छ । दाङको घोराहीदेखि प्यूठानको ढिकावाङ तर्फ जाँदै गरेको उक्त बस दिउँसो सवा ३ बजेतिर दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार