२०८१ जेष्ठ १७ गते बिहिवार

प्रमुख दलहरुद्धारा निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिवद्धता

दाङ,मंसिर १० । प्रमुख प्रतिष्पर्धि मानिएका सत्तासिन दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँदली रहित बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

फरक कोण संगको सम्वादतमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्का र नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले आ–आफ्नो पार्टीको तर्फवाट त्यस्तो प्रतिवद्धता जाहेर गरेका हुन ।

उनीहरुले निर्वाचन एक प्रजातान्त्रिक अभ्यास भएको हुँदा जनतालाई निष्पक्ष र निर्भयका साथ मतदान गर्न सघाउने प्रतिवद्धता जाहेर गरेका हुन । दुबै जनाले आ–आफ्नो पार्टी भित्र कही कतै कसैले अराजक क्रियाकलाप गरेको खण्डमा वा व्यक्तिगत रिसीविका कारण कतै भएको साना तिना झगडालाई राजनीतिक जलप लगाउन खोजे त्यस्तालाई संरक्षण र समर्थन नगर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।

‘हरेक नागरिकले आफ्नो आस्था अनुसार निर्भय पूर्वक मन परेको दल र उम्मेदवारलाई मतदान गर्न पाउने नैसर्गिक अधिकारको नेपाली काँग्रेस जोडजाड समर्थन गर्छ,’ काँग्रेस सभापति कीर्तिबहादुर खड्काले भने ‘ हामी जनता नै जनार्दन हुन भन्ने मान्नेता राख्छौं र एउटापनि मत फर्जि जानु हुन्न पक्षमा छौं।’

नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले पनि आफुहरुले सत्ता र शक्तिको एक अंशपनि दुरुपयोग नगर्ने तथा निर्वाचनलाई भयरहित तथा धाँदली रहित बनाउन भूमिका खेल्ने आश्वास्त पारे ।

‘जस्ले जितेपनि प्रजातन्त्रको जित हुने हो, त्यसैले हामी जनताको मतको सम्मान गर्छौं,’ खड्काले भने ‘ यसअघिका निर्वाचन पनि शान्ति पूर्णनै भएका हुन र यो पटक पनि त्यस्तै हुने छ ।’

बदर मतको संख्या घटाउन गाउँ बस्तिमा पुगेर मतदान गर्ने तरिका मतदातालाई सिकाउने तथा मतदाता शिक्षाको बारेमा जानकारी दिने कुरा सिकाउन ध्यान केन्द्रित गर्ने दुबै दलका जिल्ला नेतृत्वले बताए ।

दुबै पार्टीका जिल्ला नेतृत्वले मौन अवधिको समयमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न मातहतलाई निर्देशन दिइसकेको भन्दै कहि कतैपनि आचारसंहिता विपरितका क्रियाकलाप हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।

यही मंसिर १४ गते दाङको दुई स्थानमा उपनिर्वाचन हुँदैछ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३ (२) मा प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ भने घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *