२०८१ साउन ९ गते बुधवार

कांग्रेस प्रबक्ता शर्मा शनिवार दाङ आउदै

तुलसीपुर,६ मंसिर ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भोली शनिवार दाङ आउदै छन ।

यहि मंसिर १४ गते हुन लागेको उपनिवार्चनको प्रचारप्रसारको क्रममा नेपाली कांग्रेस दाङले पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ पातेटाकुरामा भोली दिउँसो १ बजे बृहत चुनावी सभा कार्यक्रमको आयोजना गरेको छ ।

उक्त चुनावी सभालाई सम्बोधन गर्न प्रवक्ता शर्मा दाङ आउन लागेको तरुण दल दाङका अध्यक्ष टिका घर्तिले जानकारी दिए ।

पातेटाकुरामा हुन लागेको चुनावी सभामा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दिपक गिरी,केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल,जिल्ला सभापती कृतिबहादुर खड्का लगाएत वरिष्ठ नेताहरुको उपस्थिती रहने नेपाली कांग्रेस दाङले जनाएको छ ।

साथै उक्त सभामा उपस्थितीका लागी सम्पुर्ण नेता तथा कार्यकर्ताहरुमा आग्रह गरिएको छ ।

त्यस्तै नेपाली कांग्रेस दाङले मंसिर ९ गते पश्चिम दाङको श्रीगाँउमा चुनावी सभा कार्यक्रमको आयोजना गरेको छ ।

उक्त चुनाव सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा,महामन्त्री शशांक कोइराला, डां शेखर कोइराला,वरिष्ठ नेता रामचन्द्र पौडेल लगाएत वरिष्ठ नेताहरु दाङ आउन लागेको कांग्रेस दाङले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *