प्रेम पुन,
गंगटे, मंसिर ५ । दाङको कर्णाली भनेर चिनिने बबई १ गंगतेबासीले नेपाली काँग्रेससंग विकासका लागि गुहार मागेका छन् । आगमी मंसिर १४ गते हुने दाङ क्षेत्र नं. ३ (२)को प्रदेशसभा सदस्य पदका काँग्रेसका उम्मेदवार केशव आचार्यसंग गंगटेबासीले स्थानीय सरकारको आलोचना गरेका हुन ।
भोट माग्न गएका स्थानीयले काँग्रेस उम्मेदवार आचार्यसंग विकास मागेका थिए । स्थानीय सरकार आएको अढाई वर्षको अवधी गुज्री सक्दासम्म पनि विजुली बत्ति बाल्न नपाएको, खाने पानीका लागि सास्ति खेप्नु परेको, फोन सेवा पाउन नसकेको हुँदा विकाशको लागि पहल गरिदिन आग्रह गरेका हुन ।
स्थानीयले सडक, विधुत, खानेपानी स्वास्थ्य, सञ्चार जस्ता विकासका पूर्वाधार गंगटेमा नपुगेको बताए ।
नेपाल टेलिकमको टावर बनाउन भन्दै स्थानीयलाई ४÷५ दिनसम्म जनश्रमदान गराइएको तथा काम गराएको पैंशा समेत नदिएर ठेकेदार भागेको जस्ता गुनासो उनीहरुले व्यक्त गरेका छन् । ‘फोनको सुविधा छैन, खोलाको पानी खानु पर्ने बाध्यता छ,’ ३३ बर्षीया विमी कँवरले भनिन् ‘ हामीलाई स्थानीय सरकार आएको र नआएको केही थाहा छैन्।’
नेपाल टेलिकम मार्फत ठेक्का टेन्डरमा टावरको काम सुरू भएतापनि वडा अध्यक्षको आह्वानमा बबई १ का सम्पुर्ण स्थानीय जनश्रमदान गर्न बाध्य पारिएको र नजाने परिवारवाट १००० रुपैंया जरिवाना तिराइएको उनले बताइन ।
ठेक्का टेण्डरमा गएको टेलिकमको टावरमा जनश्रमदान गर्न लगाउदा आफू भने नगएको स्थानीय एक युवा बुद्धि विकले बताए । ‘जनश्रमदान नगर्नेले एक हजार रूपंैया जरिवाना तिर्नुपर्छ भनेका थिए, तर, म गएन,’ विकले भने ‘मलाई थाहा थियो हामीले जनश्रमदान गर्ने काम होइन भन्ने।’ पैंशा माग्न आउनेलाई जव फोन लाग्ने हुन्छ तव मात्रै जरिवाना तिर्छु भनेर जवाफ दिएको उनले बताए ।
स्थानीयको त्यो गुनासो पछि नेपाली काँग्रेस दाङका जिल्ला सचिव तथा चुनावी प्रचार प्रशार अभियानाका प्रमुख अतिथि शंकर डाँगीले ठेक्कामा गएको टाउर निर्माण गर्न ठेकेदार संग मिलेर वडावासीलाई जनस्रमदान गर्न लगाउने वडा अध्यक्ष विरुद्ध कानुनी उपचार खोज्ने आश्वासन दिए ।
उनले जनताको खुन पसिनासंग खेलवाड गर्नेहरुसंग काँग्रेसले हिसाव माग्ने विश्वास दिएका छन् ।
बबई १ का उपसभापति पिमलाल केसीको अध्यक्षतामा भएको चुनावी सभालाई सम्वोधन गर्दै काँग्रेस उम्मेदवार केशवराज आचार्यले गंगटेको विकासका लागि नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गरे । ‘गंगटेको पछौटेपन देख्दा मन खिन्न भयो,’ उम्मेदवार आचार्यले भने ‘ तपाँई नेपाली काँग्रेसलाई मतदान गरेर विजयी बनाउनुहोस,यहाँको विकाश निर्माणमा हामी भूमिका खेल्छौं।’
कार्यक्रममा नेता टेकबहादुर वली,कुलबहादुर केसी, दंगिशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा खड्का,मानबहादुर श्रीस लगाएतले मनतब्य व्यक्त गरेका थिए । त्यसक्रममा झन्डै एक दर्जन जति मानिसहरु नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका थिए । कार्यक्रमको सहजिकरण बमकुमारी खड्काले गरेकी हुन ।