दाङ, मंसिर ३ । मंगलवार बेलुका सवा ७ बजेतिर दाङमा भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्पको धक्का सुर्खेत, बाँके र दाङ लगाएका जिल्लाहरुमा महसुश गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशको बझाङ केन्दबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु बझाङको पौवागढी थियो ।
भूकम्पको धक्का प्रदेश नम्वर ५ का जिल्लाहरु,कर्णाली प्रदेश, सुदूरपश्चिम र भारतका केही ठाउँमा समेत महसुस गरिएको सर्वसाधारण नागरिकले समाजिक सञ्जालहरुमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार