तुलसीपुर,३ मंसिर । लैगिंक विभेद अन्त्यका लागी समानताको निति आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं महिला पुर्नःस्थापना केन्द्र (ओरेक) दाङको सहकार्यमा सञ्चालन भएको लैगिंक समानता नितिको आवश्यक विषयक २ दिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बोल्ने सहभागीले यस्तो जोड दिएका हुन ।
त्यस्तै अधिबक्ता मोहन धितालले भने,– लैगिंक समानताको अधिकार छ तर अहिले सम्म कार्यान्यन छैन । अब स्थानीय तहबाट हिंसा प्रभावित वर्गहरुको डाटा सकंलन गरेर लैगिंक बिभेदको अन्त्य गर्न उपमहानगरपालिकाले सबै वर्गले अनुभुति गर्ने गरि लैगिंक समानताको नितिलाई कार्यान्यन गर्न जरुरुी छ ।
त्यस्तै महिला अधिकारकर्मी सुस्मा गिरीले महिला महासन्धीको समानता सम्बन्धी दृष्टीकोण परिबर्तन गर्न,नेपालको सविंधानको समानताको सिद्धान्तलाई हासिल गर्न,दिगो विकासको लक्ष्यको ५ नंम्मर “लैगिंक समानता” हासिल गर्न लैगिंक समानताको निति आवश्यक रहेको बताइन ।
स्थानिय सरकारलाई आफैलाई निति निमार्ण गर्र्ने प्रशस्त अधिकार छ उहाँले भन्नुभयो,–अब स्थानिय स्तरबाट लैगिंक उत्तरदायी शासन पद्धत्तीलाई संस्थागत गर्न निति निमार्ण गर्नुपर्छ ।
स्थानीय तहमा लैंगिक समानता सुनिश्चित गर्न स्थानीय तहमा बन्ने निति कार्यक्रम तथा बजेट निर्माण प्रकृयालाई लैंगिक मैत्री बनाउने र प्रत्येक पालिकाका लागि लैंगिक समानता निति निर्माण गर्ने प्रकृयामा सहजिकरण गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको ओरेक दाङकी सयोजंक ईश्वरी थापाले जानकारी दिइन ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाका सयोजंक एवं वडा नं १० अध्यक्ष कुमार लामिछाने,सामुदायीक संस्थाकी सावित्रा ढकाल,स्वास्थ्य महाशाखा प्रमुख ओम न्यौपाने,मानव अधिकार सञ्जाल दाङका केशव शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ वटा वडाका वडा अध्यक्ष,महिला सदस्य, महिला बालबालिका तथा सामाजिक विकाश शाखा,पालिका भित्रका विभिन्न शाखाहरु,३ वटा सामुदायीक संस्था,अपाङ्गसंघ,माहिला मानव अधिकार रक्षक संजाल,मानव अधिकार रक्षक संजाल, अग्रनी संजाल, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीरकण ओरेक दाङकी कार्यक्रम सयोजंक दिपा धितालले गरेकी थिइन ।
लैगिंक निति निमार्ण गर्न कार्यदल गठन
साथै उक्त गोष्ठीले लैगिंक निति निमार्ण गर्न उपप्रमुख माया शर्माको सयोजकत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको छ ।
जसमा सदस्यहरुमा प्रबक्ता÷सामाजिक विकास शाखा सयोजंक,जनस्वास्थ्य प्रर्वद्धन शाखा,शिक्षा महाशाखा,मानव अधिकार सञ्जाल,महिला मानव अधिकार रक्षक सञ्जाल,अधिबक्ता मोहन धिताल,नगरस्तरीय अपागंता सञ्जाल,स्थानीय सघ. संस्था,ओरेक दाङ,महिला सहकारी,सामुदायीक संस्थाकी सावित्रा ढकाल,नमुना युवा सांसद,पत्रकार यमकला भुसाल,दलित प्रतिनिधी डिला परियार,लैगिंक अल्पसङंयक र जनजाति प्रतिनिधि लक्ष्मण चौधरी रहेका छन ।