२०८१ साउन ९ गते बुधवार

सल्यानमा एक जनाको भिरबाट लडेर मृत्यु

सल्यान,३ मंसिर ।  सल्यानमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङका २३ वर्षिय गोपाल रानाको ससुराली जाने क्रममा भिरबाट लडेर रोल्पामा मृत्यु भएको हो ।

सोमबार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिडेका गोपाल मंगलबार विहान रुन्टीगडीकै धुम्का भीरमा मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए ।

मोटरबाटोबाट करिव २ सय मिटर तल भिरमुनी उनको शव भेटिएको हो । उनको शव मंगलबार विहान स्थानीयहरुले देखेका थिए ।

घटनास्थलमा होलेरी रोल्पाबाट प्रहरीको टोलि हिडेको वडाध्यक्ष खड्काले जानकारी दिए।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *