Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


पत्रकार समाजको ऐना जस्तै हो – बस्नेत



शंकर केसी,सल्यान, मंसिर २ । प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले पत्रकार समाजको ऐना जस्तै भएकोले बास्तबिकतालाई बाहिर ल्याउन आग्रह गरेका छन् । सल्यानवाट सञ्चालन हुँदै आएको ‘लेकाली अनलाई’को दोस्रो बार्षिक उत्सवका अवसरमा अयोजित कार्यक्रमलाई सम्वोधन गर्दै बस्नेतले पत्रकारितको मिसनवाट विचलित हुन नहुने बताएका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष सञ्तोष केसीले सबैको साझा दायित्व सभ्य समाज निर्माण गर्नु भएपनि त्यसमा पत्रकारको भूमिका महत्वपूर्ण हुने तर्क गरे । उनले समाजका लुकेर रहेका खवरहरु उजागर गर्न तर्फ अग्रसर हुन आग्रह गरे ।
कार्यक्रममा सिद्धकुमाख गाउपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले पत्रकारको कलम सत्य र तथ्यको पक्षमा चल्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक ईच्छुक शर्मा, सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका अध्यक्ष रमेशकुमार गौतम लगाएकाले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रम अनलाईनका सञ्चालक तथा सम्पादक खकेन्द्र केसीले अध्यक्षतामा भएको हो । त्यसक्रममा स्थानीय एक प्रतिभाले कोरेका जनप्रतिनिधिहरुका तस्विर प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal