२०८१ असोज २४ गते बिहिवार

देउखुरीमा पूर्व सूचना प्रणाली तालिम सुरु


प्रकाश डाँगी,
लमही, कार्तिक २ । पुर्व सूचनाको अभावले देउखुरी क्षेत्रमा बर्षेनी राप्ती नदीले ठूलो क्षति निम्ताउने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै देउखुरीको गढवा र लमहीमा सोमवारदेखि समुदायमा आधारित पूर्व सूचना प्रणाली समन्धि तालिम सुरु भएको छ ।

प्राक्टिल एक्सनको सहकार्य र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा विपद पुर्व तयारी तथा बाढी पुर्व सूचना प्रणाली सवलिकरण परियोजना लागु भएका स्थानमा तालिमको आयोजना गरिएको हो । परियोजना लागु भएका राप्ती जलाधर क्षेत्रको लमही नगरपालिका,राप्ती गाँउपालिका , गढवा गाँउपालिका र राजपुर गाँउपालिकाका बिभिन्न समुदायमा गठन भएका सामुदायिक विपद व्यवस्थापन समिति र पुर्व सूचना प्रणाली कार्यदलका संयोजक तथा सदस्यहरुको लागि दुई दिने तालिम सञ्चालन गरिएको परियोजनाका संयोजक सञ्तोष ढकालले जानकारी दिए । तालिममा देउखुरीमा रहेका ४ वटा पालिकाबाट ४८ जनाको सहभागिता रहेको छ ।

तालिममा विपद पुर्व तयारी, बाढी पुर्व सूचना प्रणालिका चरण र तत्वहरु, समुदाय स्तरको प्रकोपको पहिचान, साथै आपतकालिन समयमा समुदायदेखि जिल्ला स्तर सम्ममा समन्वय गर्ने तरिका र समुदायले विपद न्यूनिकरणको लागि समुदायको भूमिका लगाएका बारेमा तालिम केन्द्रित थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *