दाङ,मंसिर २ । सल्यानमा नेपाली काँग्रेसवाट निर्वाचित एक वडा अध्यक्षले शिक्षक वन्न पदवाट राजिनामा दिएर पढाउन गएका छन् ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश कुमार बिएमले वडा अध्यक्ष पदवाट राजिनामा दिएर पढाउन मुस्ताङ गएका छन् ।
साढे २८ वार्षीय बिएमले नेपाली काँग्रेसले सिमिति स्थानमा जितेको हुँदा जति काम गरेपनि नेकपाको सरकारले कुनै जस निदएको हुँदा पदवाट राजिनामा दिएको बताए । त्यो गाउँपालिकामा नेपाली काँग्रेसवाट जित्ने उनी एक्ला वडा अध्यक्ष हुन ।
२०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा उनी गोला पर्थावाट निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेका उम्मेदवार देवेन्द्र रोका र विएमको समान ३२१ मत आएपछि छिनोफानो गोलापर्थावाट गरिएको थियो ।
शिक्षक सेवा आयोगले गत असोज १४ गते लिएको प्राथामिक तहको परिक्षामा विएमले मुस्ताङ जिल्लाबाट परीक्षा दिएका थिए । गत असारमा लिखितमा उनको नाम निस्किएको थियो भने साउनमा मौखिक भएको थियो ।
ती सबैमा उनी उत्तिर्ण भएपछि असोज पहिलो साता उनी स्थायी शिक्षक बनेका थिए । उनले पदवाट राजिनामा भने कात्तिक २७ गते मात्रै दिएको जानकारी दिए । बिएमको राजिनामा स्वीकृत गर्दै जेष्ठ सदस्य बिरबहादुर खड्काले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
वडाध्यक्षबाट राजिनामा दिएका बिएमले भविस्यमा राजनीतिमा फर्किने नफर्किने कुरा अहिलै भन्न नसक्ने बताए । तर उनले नेपाली काँग्रेस र प्रजातन्त्रको लागि भने अनवरतरुपमा सहयोग तथा सदभाव कायमै रहने विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष पदमा निर्वाचित भएपनि जतिकाम गर्दापनि जस नपाएको तथा जहिलै प्रतिपक्षी काँग्रेस कमजोर छ भनेर हेप्ने मात्रै काम भएपछि आफुलाई चित्त नबुझेर पदवाट राजिनामा दिएर शिक्षण पेशा रोजेको उनले बताए ।
नेपालको राजनीति सुधार्न भ्रष्टचार र अनियमितता रोक्न अति आवश्यक रहेको उनको तर्क छ ।