२०८१ साउन ६ गते आइतवार

म्याद सकिएका उद्योगको नवीकरण सुरू


दाङ, १ मंसिर ।
जिल्लामा रहेका उद्योगहरू विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयहरूमा दर्ता हुन नसकेका फर्महरूको नवीकरण हुन थालेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको लामो प्रयासपछि उद्योगहरूको नवीकरण सुरू भएको हो । विभिन्न कारणले समयमा नवीकरण नभएका उद्योगहरूको जरिवाना तिर्दासमेत घरेलु कार्यालयमा नवीकरण हुन सकेको थिएन ।

संघले यसका लागि प्रदेश सरकार, तथा संघीय सरकारसँग पटक–पटक छलफल गर्दै आएको थियो । त्यसपछि प्रदेश सरकारले केही दिन अघि यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले गरेको यस प्रकारको निर्णयले उद्योगीहरूलाई सहजता भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

उद्योगीहरू नवीकरणका लागि उद्योगीहरू घरेलु कार्यालयसम्म पुगे पनि काम नभएपछि त्यसै फर्किने गरेका थिए । ‘हामीले पटक–पटक उठाउँदै आएका थियाँै अहिले त्यो पूरा भएको छ’ अध्यक्ष भुसालले भने । यसका बारेमा केही दिन अघि दाङ जिल्ला उद्योग वाणिज्य संघ, प्यूठान उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग वाणिज्य संघ, भैरहवा उद्योग वाणिज्य संघ, नेपालगञ्जलगायतका उद्योग वाणिज्य संघ, महासंघका केन्द्रीय पदाधिकारीहरू तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरीसँग फलफलसमेत गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय दाङले पनि म्याद सकिएका उद्योगहरूको नवीकरण सुरू भएको जनाएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत वासुदेव रिजालले म्याद सकिएका उद्योगहरूको नवीकरण सुरू भएको जानकारी दिए । ‘निमावली निर्माण भएर आएपछि नवीकरण सुरू गरेका छाँै’ रिजालले भने । जरिवाना तिरेर २०७७ भदौ ३ गतेसम्म नवीकरण गरिसक्नु पर्ने उनको भनाइ रहेको छ । दैनिकजसो दुई÷तीनजना उद्योगीहरू नवीकरणका लागि आउने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *