२०८२ असार २७ गते शनिवार

घोराहीमा बागीलाई उम्मेद्धारी फिर्ता गराउने नेकपाका कसरत विफल

निशान भट्टराई, घोराही,मंसिर १ ।  घोराही उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्ष पदमा ७ जनाको बीचमा प्रतिपर्धा हुने निश्चित भएको छ ।

निर्बाचन अधिकृत प्रेम खड्काले मनोनयन दर्ता गराएका मध्य कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी फिर्ता लिने समयसिमा शनिवार दिउँसो १ बजेसम्म तोकेको थियो ।

उक्त अवधिमा कोहीपनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन नआएको हुँदो मनोनयन दर्ता गराएका मध्य ७ जनाका बीचमा प्रतिपर्धा हुने निश्चित भएको अधिकृत खड्काले बताए ।

नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिएका जगलाल चौधरीको उम्मेदवारी फिर्ता गराउन नेकपाले अनेक प्रयास गरेपनि उनले उम्मेदवारी फिर्ता नलिएको जानकारी दिए ।

‘ मेरो घरमै आएर नेकपाका नेताहरुले अनेक दबाब र आश्वासन दिन खोजे तर मैले मानिन्,’ चौधरीले भने ‘ नेकपा बाट गतल उम्मेदवार चयन गरिएको हुँदा त्यो अन्यायका विरुद्ध मेरो लडाई हो।’ चौधरी साविक नेकपा एमालेका नेता हुन । यहाँ नेकपाले साविक माओवादी निकटलाई सुरेशबहादुर केसीलाई उम्मेदवार बनाएको छ ।

त्यसको विरोधमा चौधरीले असन्तुुष्टि जनाउँदै उम्मेदवारी दिएका छन् । यहाँका मगर समुदायले यसअघि विज्ञप्ति मार्फत केसीलाई उम्मेदवार बनाएकोमा विरोध जनाएका थिए ।

टिकट बितरणमा जातिय बिभेद गरिएको भन्दै नेपाल मगर सघले सार्बजनिकरुपमा असन्तुष्टि जनाएको थियो । घोराही १६ मा आदिबासी जनजातीको बलियो प्रभाब रहेको छ ।

थारु, मगर, दलित जनजातिको यहाँ बलियो पकड छ । गत स्थानीय निर्वाचनमा यहाँ पूर्व एमाले बाट वडा अध्यक्षका रुपमा स्वर्गिय लछिन बुढा मगरले निर्वाचन जितेका थिए । उनको रोगका कारण मृत्यु भएको थियो । स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले स्वर्गिय बुुढा मगरको सपना पुरा गर्न आफुले वडा अध्यक्षमा उम्मेदवारी दिएको र न्यायप्रेमी जनताले आफुलाई निर्वाचित गराउनेमा आशा व्यक्त गरे ।

पुराना एमालेका नेता, कार्यकर्ताहरु उम्मेदवार चयनमा गलत भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । यसअघि यो वडामा स्वर्गिय बुढा मगरकी पत्नि लालमती बुढा मगर र पुराना एमाले नेता गजेन्द्र खड्कालाई उम्मेदवारी बनाउने चर्चा चलेको थियो ।

घोराही १६ मा करिब ४४ सय मतदाता रहेका छन । जगलालले उम्मेदवारी फिर्ता नलिएपछि नेकपालाई घोराही १६ र दाङ ३ (ख) को चुनाबमा गम्भीर झट्का लाग्ने अनुमान गरिएको छ ।

घोराही १६ मा पुर्ब माओबादी समुहले टिकट पाएपछि पुर्ब एमाले समुहले बागी हालेको भन्दै पुर्ब माओबादी असन्तुष्ट बनेको हुँदा त्यसको असर प्रदेशसभा सदस्य पदको उम्मेदवारलाई पनि पर्ने आशंका गरिएको छ ।

दाङ ३ (ख) मा पुर्ब एमालेबाट स्व. प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी धर्मपत्नि बिमला वलीले टिकट पाउनु र घोराहीमा पुर्ब एमालेले बागी हालेका कारण त्यसको असर पर्ने आशंका कतिपयले गरेका छन् ।

नेकपाकै जगलाल चौधरीको बागी परेपछि घोराही १६ मा अब चौधरी र कांग्रेसका उम्मेदवार तारा डिसीका बीचमा मुख्य प्रतिष्पर्धा हुने अनुमानहरु गर्न थालिएको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *