यमकला भुसाल,तुलसीपुर,३० कार्तिक । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेस दाङले गाउँगाउँमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ ।
यसैक्रममा शनिवार पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नं १ फुर्सेसल्ली र वडा नं २ गोल्टाकुरीमा चुनावी सभा सम्पन्न भएको छ ।
दुबै कार्यक्रममा बोल्ने बक्ताहरुले दाङ क्षेत्र नं ३ ख का उम्मेद्धार केशव आचार्यलाई पश्चिम दाङको राजनितिमा अन्य उम्मेद्धारसगं तुलना गर्न नहुने बताएका छन ।
अहिलेको सरकारले जनतालाई विकासका नाममा भ्रम सिर्जना गर्ने काम गरिरहेको भन्दै उनीहरुले असन्तुष्टी जाहेर गरे ।
अब कुनै पनि जनता भ्रममा नपरि पश्चिम दाङको विकासका लागी नेपाली कांग्रेसका उम्मेद्धार केशव आचार्यलाई विजयी बनाउन तर्फ लागौँ,–बक्ताहरुले भने । हिजो विकासका ठुला–ठुला सपना देखाउने नेताहरु अहिले निदाइरहेको भन्दै उनीहरुले अहिलेको सरकारले प्रजातन्त्रको खोल ओढेर प्रजातन्त्र कै ढज्जी उढाइरहेको आक्र्रोस पोखे ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्धार केशव आचार्यले आफु विगत ३ दशक देखि जनताकै माझ रहेर काम गर्दे आएको र अबको बाकीँ जिवन पनि जनताकै सेवा गरेर बिताउने अपेक्षा रहेको धारणा व्यक्त गरे ।
उनले भने,–मंसिर १४ गतेको चुनावमा मलाई भोट दिएर जिताउनुहोस,चुनाव जितेर आएपछि गाउँगाउँमा पुगि जनताका चाहाना अनुसार काम गर्ने छु । स्थानीय तहहरुमा ब्याप्त अधुरा बिकासलाई पूर्णता दिने बाचा गर्दै आचार्यले अन्य दलहरुले गरेका झुठा बाचाको पछि नलाग्न मतदाताहरुलाई सचेत समेत पारे ।
चुनावी सभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दिपक गिरीले कांग्रेसले विगतमा गरेको बिकासको सहि मुल्यांकन गरेर मतदानमा सहभागी हुन अनुरोध गरे । आँफू सिँचाईमन्त्री छँदा गोल्टाकुरीमा सिँचाईका योजनाहरु आएको उदाहरण दिँदै उनले कांग्रेसकै पालामा मात्रै विकास हुन्छ भन्ने ईतिहाँस नभुल्न समेत मतदाताहरुलाई आग्रह गरे ।
यस्तै पूर्वसांसद गेहेन्द्र गिरीले उपनर्विाचनका लागि नेपाली कांग्रेसको पक्षमा जनमत अधिक बलियो बनेको बताए । उनले कांग्रेसको जीत पक्का भैसकेको समेत दाबी गरे । साथै उनले मतदान कसैको आँशु हेरेर नभई बिकासका लागि सक्षम व्यक्ति र दललाई हेरेर गरिनुपर्ने वताए ।
यस्तै प्रदेशसभा सदस्य डिल्लीवहादुर चौधरीले कांग्रेसले खोक्रा आश्वासनहरु नबाँड्ने भन्दै बोलेका कुराहरु व्यवहारमा उतार्दै आएको वताए । कांग्रेसका पालामा जिल्लाबासीहरुले विकासको अनुभुत गर्न पाएको लामो ईतिहाँस साक्षि रहेको समेत उनले बताए ।
वडा नम्बर २ का ईकाईसभापति प्रकाशमान ओली र वडा नं १ का इका सभापती मानविर चौधरीको सभापतित्वमा भएको चुनावीसभामा कांग्रेस नेता शंकर गिरी, जिल्ला सचिव टेकवहादुर ओली, दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पीमा खड्का, देबीराम कुसारी,मानविर चौधरी,मोहन चौधरी,नन्दाराम केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव चुडामणी ढकालले गरेका थिए ।
साथै चुनावीसभामा विभिन्न पार्टी परित्याग गरि १ सय ७२ जना कांग्रेसमा प्रवेश गरेका थिए ।