२०८२ असार २७ गते शनिवार

शरिरमा छर्रा बोकेर घरदैलोमा व्यस्त केसी

घोराही,कार्तिक २९ । घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका उम्मेदवार सुरेशबहादुर केसी (प्रताप) ले जनयुद्धका घाइते हुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उनलाई वडा अध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्बाचनको दौडमा रहेका केसी छर्रा बोकेर मतदाताको घरमा भोट माग्दै हिडेका छन् ।

मानपुरस्थित दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययन गर्दैगर्दा केसी २०५७ सालदेखि ‘जनयुद्ध’मा होमिएका थिए । जनमिलिसिया हुँदा पक्राउ परेका केसी चार बर्ष हिरासतमा विताउनु परेको थियो ।

उनी जनआन्दोलन २०६२÷०६३ पश्चिात रिहा भएपछि फेरि शान्तिकालमा जनमुक्ति सेनामा रहेर काम गरेका थिए । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन पुरा गरेका केसी एक संघर्षसिल व्यक्ति हुन ।

वडा अध्यक्ष पदका उम्मेदवार केसीले शुक्रबार वडाका रातामाटा, तेरौटे, ठोकरैया, घमीडाँडामा घर दैलो गर्दै मत मागेका थिए  ।

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *