२०८१ असोज २४ गते बिहिवार

खानेपानी ट्यांकी निमार्णमा विद्यार्थीले सहयोग गर्ने

तुलसीपुर, २९ कार्तिक ।  गोरखा मावि तुलसीपुरका कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुले पैसा उठाएर खानेपानी ट्यांकी निमार्णमा सहयोग गर्ने भएका छन ।

शुक्रवार गोरखा मावि तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि उनीहरुले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ वरुवागाउँको दुर्गादेवी मन्दिरमा खानेपानी ट्यांकी निर्माणका लागी आर्थिक सहयोग गर्ने बताएका हुन ।

गोर्खा मावी तुलसीपुरका प्रध्यानाध्यापक विजयमान जिएमको अध्यक्षता तथा राप्ती बबई क्याम्पस सञ्चालन समितिका अध्यक्ष एवं शिक्षाविद् विष्णु कुमार देबकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले विद्यार्थीको यो कार्य स्रहानीय भएको भन्दै विद्यार्थीहरुले किताबको ज्ञान सँगै सामाजिक कार्यप्रति पनि चासो दिएकोमा प्रशंसा गरे ।

कार्यक्रममा दुर्गा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष लक्ष्मण धितालले भने,– विद्यार्थीहरुको यो सहयोग हाम्रा लागि ठुलो हो, विद्यार्थीको खानेपानीप्रतिको चिन्तालाई हामी यथासक्य छिटै खानेपानी टंकी निर्माण कार्य थालनी गर्ने छौं ।

त्यस्तै गोरखा माविका प्रचार्य विजय जिएमले विद्यार्थी र विद्यालयले सामाजिक क्षेत्रमा धेरै सहयोग गरेको भन्दै उहाँले भने,– हामीले सहयोग गरी बनाएका संरचनाहरु सम्बन्धित निकायले पनि निगरानी गरी संरक्षण गर्न आवश्यक छ ।

साथै उक्त कार्यक्रममा १० हजार लिटर बराबरको खानेपानी टंकी निमार्ण गरिने पनि बताइएको छ ।

कार्यक्रमको सहजीकरण व्यवस्थापन संकायका संयोजक डम्बर डिसीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *