२०८२ असार २७ गते शनिवार

तुलसीपुरमा मधुमेह रोगवारे निशुल्क परामर्ष

दाङ,कात्तिक २९ । विश्व मधुमेह दिवस सन २०१९ को अवसर पारेर विहीवार तुलसीपुरमा मधुमेह रोगवारे निशुल्क परामर्ष प्रदान गरिएको छ ।

सम्वृद्धिका लागि युवा नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा मधुमेह रोग एवं पोषण सम्वन्धी परामर्ष प्रदान गरिएको थियो ।

नेपाल मधुमेह समाज तुलसीपुर उपशाखामा आयोजित कार्यक्रममा झन्डै १०० बढीलाई परामर्ष प्रदान गरिएको पोषण परामर्षविद गीता चन्दले जानकारी दिइन ।

कार्यक्रम नेपाल मधुमेह समाजका अध्यक्ष विष्णुप्रशाद शर्माको अध्यक्षतामा भएको हो । त्यसक्रममा पोषणविदहरु गीता चन्द र सर्जु बरालले परामर्ष दिएका थिए भने नर्सहरु सलिना उपाध्याय र कुसुम धितालले परामर्ष प्रदान गरेका थिए ।

कार्यक्रमको सहजीकरण जेनिसा चौधरी र वशन्त चौधरीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *