दाङ, कार्तिक २७ । आगामी मंसिर १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज बुधवार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउँदै छन ।
दाङमा घोराही उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्ष पदका लागि उम्मेदवारहरुले बधुवार आ–आफ्नो मनोनयपत्र दर्ता गर्दैछन । घोराही उपमहानगरपालिका वडा नं. १६ का लागि सत्तारुढ दल नेकपा, नेपाली काग्रेसलगायतका दलहरुले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले दलहरुलाई बुधबार विहान १० बजेदेखि १ बजेसम्मको समय प्रदान गरेको छ । बधुवार नै साढे एक बजेदेखि तीन बजेसम्म मनोनयपत्र दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
घोराही उपमहानगरपालिकाका यसअघिका वडा अध्यक्ष लक्षिन बुढामगरको रोगका कारण निधन भएपछि रिक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुदैछ ।
प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार