२०५२ सालमा रोल्पाको कुनै स्थानमा परिवर्तनका बाहकले बोलेको मलाई आज झल्झल्ती याद आयो । तिमीले भनेका थियौं, यहाँका फटाहा, शोषक, जाली, घुसखोरी, भ्रष्ट मुखिया, जिमुवाल, पूर्वपञ्चे आदिलाई विस्थापित नगर्दासम्म, यी व्यक्तिहरुलाई जनकारवाही नगर्दासम्म देशमा ‘नयाँ जनवादी व्यवस्था’ कायम हुन सक्दैन ।
तिमी खुबै कुर्लदै भन्ने गर्दथ्यौं, हालको संसदीय व्यवस्था भनेको ‘खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्दा तिमी महरा सर, भनेर उपस्थिति भएका जनताले बरबर्ति ताली बजाएका थिए रोल्पामा । ती ताली बजाउनेहरु बिस्तारै–बिस्तारै तिम्रो निर्देशनमा बन्दुक, बमको यात्रामा पनि सामेल भए । उनीहरुले ताली जस्तै त्यही पनि बजाए । हजारौ जनताको रगत लियौं । हजारौ अपाङ्ग बने । हजारौ सम्पत्तिबिहीन भए । त्यही तिम्रो न्याय भयो, निसाफ भयो ।
तिम्रो बिरुद्धमा उजुरी त के महरा सर, भन्ने शब्द पनि उच्चारण गर्न सकिएन त्यतिबेला । रातिमा घरमा सुतेका व्यक्तिको घर घेरा हालेर तिम्रा सशस्त्र फौज घरको मुलीलाई आँगनमा ल्याई अरु परिवारका सदस्यलाई वरपर राखी मट्टितेल शरीरमा खन्याई हिटलरी शैलीमा जनकारवाही पनि ग¥यौं , हत्या ग¥यौं । त्यो कति कुरुर कारवाही थियो, म शब्दमा उल्लेख गर्न सक्दिन ।
तिमीले यत्तिसम्म गरेका थियौं कि, न्यायसंगत रुपमा आफ्नो पैतृक सम्पत्तिमा बसेकालाई शोषक सामन्तको बिल्ला लगाउँदै उठिबास बनायौं । खेतबारीमा पाकेको बाली र गाईबस्तु छोडेर भाग्न बाध्य पारियो । आफू जन्मे हुर्केको ठाउँलाई छोडेर अर्को जिल्लामा विस्थापित हुन बाध्य पारियो । त्यस्तो आन्तरिक शरणार्थी जीवन व्यथित गर्ने मध्यको एक मेरो परिवार पनि हो ।
फरक आस्था राख्नेलाई तिमीले नेतृत्व गरेको पार्टीले फटाहा र शोषकको बिल्ला भिडाई भाँडे कारवाही ग¥यौं । माओवादी बाहेकका हुने खानेलाई उठिबास लगायौं । तिम्रो जिल्ला रोल्पाबाट लखेट्यौं । त्यो सबै तिम्रै निर्देशनमा भएको थियो । तिमी आफू त शिक्षक थियौं, तर पनि निर्दोष सर्वसाधारण जनताको छोराछोरीलाई यस्तो शिक्षा दियौं कि मर्न र मार्न तयार बनायौं । निर्दोष जनताले, निर्दोष जनता मारे र आफू पनि मरे, परिवर्तनको नाममा ।
फरक आस्था राख्नेलाई तिमीले नेतृत्व गरेको पार्टीले फटाहा र शोषकको बिल्ला भिडाई भाँडे कारवाही ग¥यौं । माओवादी बाहेकका हुने खानेलाई उठिबास लगायौं । तिम्रो जिल्ला रोल्पाबाट लखेट्यौं । त्यो सबै तिम्रै निर्देशनमा भएको थियो । तिमी आफू त शिक्षक थियौं, तर पनि निर्दोष सर्वसाधारण जनताको छोराछोरीलाई यस्तो शिक्षा दियौं कि मर्न र मार्न तयार बनायौं ।
निर्दोष जनताले, निर्दोष जनता मारे र आफू पनि मरे, परिवर्तनको नाममा । हामी मरे हाम्रा सन्तती सुखी र खुसी हुन्छन् भने हामी मर्न तयार हुन्छौं भन्दै तिम्रो सशस्त्र युद्धमा होमेका थियौं । तिमी भन्थ्यौं, ‘हाम्रो व्यवस्था आएमा सबै एकै हुनेछौं, सबै समान हुने छौं ।’ त्यही समानताको खोजीको भड्काउमा धेरै होनाहार सपूतहरु अकालमै मर्न र मार्न प्रेरित भए ।
रोल्पा जिल्लामा त्यो सबै सिकाउने एक प्रमुख पात्र तिमी नै थियौ, महरा सर ! हामी फटाहा र शोषकको दर्जनिया पाएकाहरु पनि तिम्रो बिरुद्धमा बोल्न नसकेर, त्रासले तिम्रो आन्दोलनलाई बाङ्गो रुखलाई पनि सोझो भन्न विवश पारिएका थियौं र भनेकै हौं । किनकि, कि त गर्धन थाप्नु प¥यो, कि त तिम्रो पार्टीमा लाग्नुपर्ने बाध्यता तिमीले सिर्जना गरेका थियौं ।
देशमा न्यायको कदर थिएन । तिम्रै कारण त्यतिबेला न्याय मरेको थियोे । एम सर, तिमीहरुले न्यायलाई त्यतिबेला मारेका थियौं । संस्कार, संस्कृतिलाई पनि मारेका थियौं । मरेको संस्कृतिको एउटा श्लोक … म तिमीबाट बनाइएको जिउँदो लासलाई अलिकति आज पनि याद आयो । जब–जब धर्मको नष्ट हुन्छ, पाप व्यापक हुन्छ, त्यतिबेला फेरि म एउटा अवतार लिएर जन्म लिनेछु । धर्मको जहाँ नास हुँदै जान्छ म पाप गर्ने मानिसहरुलाई विनाश गर्नको लागि र धर्मको रक्षाको लागि मैले फेरि पुनः एउटा अवतार लिएर आउने छु । (भगवान कृष्णले गीतामा अर्जुनलाई भनेको कुराको सार) ।
तिमीद्वारा मारिएको संस्कृतिको श्लोक… मारिएको व्यक्तिले जानी–नजानी यति शब्द प्रयोग गरेको छु, त्यसैले अन्यथा न मान है महरा सर । तिमीले जघन्य अपराध गरेका थियौं, एम सर ! रोल्पा मेवाङको जग्गा पार्टीलाई दिएको बहाना गरेर, मसँग केही छैन भन्ने समाचार बनाउन लगाई दाङ–काठमाडौंमा बंगलाको मालिक बन्ने छदमभेसी तिमी थियौं ।
तिम्रो परिभाषामा म शोषक सामन्तको छोरा भएर होला पुरानो ‘बंगला’ भन्ने शब्द प्रयोग गरे, माफ गर । तर आज उल्टो भएको छ । म शोषक, सामन्ती सडकमा र तिमी सर्वहाराका नेता नारायणहिटी दरबार खाली गरेपछिका गणतान्त्रिक नेपालका दरबारका मालिक बन्ने लाइनमा थियौं, हैन त ? केही दिन पहिले पढेको थिए एउटा समाचार ।
तिमी हालको उपराष्ट्रपतिको पनि महरा सर ! उर्जामन्त्रीको पनि महरा सर ! नेत्रबिक्रम चन्दको पनि महरा सर ! अनि सबै त्यतिबेलाका तिम्रा यी विद्यार्थीको बारेमा अहिले त्यति उल्लेख नगरौं कि… जस्तो लाग्यो । आज तिम्रो नै चर्चा छ । तिम्रै बानी व्यहोरा अनि मदिरा बोकेर एक महिलाको कोठामा गई अदम्म साहासको प्रदर्शन गर्ने र विश्लेषण गर्ने क्षमता म मा छैन होला । तिमी त सबैका सर रहेछौं । सबैले महरा सर भनिरहेका छन् । हालसम्म पनि सबैले यही शब्द प्रयोग गरिरहेको देख्छु ।
महरा सर, तिमीले तिम्रा त्यति लगनशील र साहसी विद्यार्थीको नाम किन उच्चारण गर्न बिर्सियौं ? कि अरुलाई जानकारी नदिनलाई हो ? पर्दाभित्र त अर्की चेली रहिछन । जो (उनी) पनि हालसम्म महरा सर, भनी सम्बोधन गर्ने रहिछन् । रोशनी शाही । तिम्रै आफ्नै न्यायालय, तिम्रो आफ्नै जनसेना, तिम्रो आफ्नै जनकारवाहीको दायराभित्र २०४७ सालदेखि उनलाई डर धम्कीले के बताई राखेका थियौं ?
तिमी त विद्वान… महरा सर ! पञ्चपितामा को–को पर्दछन् ? शिक्षा दिने गुरुलाई पनि शास्त्रले गुरु मान्दछ । तिमीले भुलेपनि रोशनीले भुलेकी छैन रहिछन । बाबुजस्तो… महरा सर… भन्ने शब्द उच्चारण गरेकी छन् । संसदीय व्यवस्था ‘खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो’ (तिम्रै शब्द हो यो)… को सभामुख महोदय ? आफ्नो छोरी चेलीको कोठामा रक्सीको बोत्तलसहित सुरक्षाकर्मी, भिआइपी सेक्युरिटीसँग जाने तिमीलाई सलाम छ, महरा सर !
२०५२ पछिका दिनमा तिम्रा गल्तीलाई हामी नकार्न सक्दैन थियौं । त्यतिबेला तिमीले आफै न्याय मारेका थियौं र आज पनि उही रबैयामा हिडेका थियौं । परस्त्रीको कोठामा उसको श्रीमान् नभएको मौका छोपी जाने त्यस्ता सम्माननीय महरा सरलाई फेरि पनि सलाम ! विजय दुबैको हुन्छ । सत्यको पनि, असत्यको पनि । तर सत्यको ढिला हुन्छ अनि दीगो हुन्छ । आज याद आयो होला महरा सर ! अन्तमा महरा सरलाई फेरि सलाम …!
लेखकः तिमीबाट बनाइएको एक जिउँदो लाश