२०८१ असोज २४ गते बिहिवार

मत माग्दै गाउँ गाउमा उम्मेदवार

शरद रेग्मी, श्रीगाउ ,कार्तिक २४ /  मसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी माहोल बढन थालेको छ । दाङ क्षेत्र न ३ ख मा हुन गइरहेको निर्बाचनमा आ आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली कांग्रेसले पुराना ,त्यागी र जनआन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तहखखर तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन ।

यस पटकको निर्बाचनमा काङ्ग्रेसको बिजय सुनिश्चित छ हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौ । काङ्ग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले भने,– नेपाली काङ्ग्रेसले “पश्चिम दाङले यस पटक पाको, मेहनति र बिकासको भिजन सहित गाउँ गाउमा भिजेको नेतालाई उम्मेदवार बनाएको छ, यस पटक हाम्रो जित सुनिश्चित छ ।

यता आईतबार नेपाली काङ्ग्रेसले पश्चिम दाङको शान्ति नगर गाउपालिका स्थित जुम्लेकुला र एकलिमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सप्पन्न गरेको छ ।

सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार केशब आचार्यले आफु लामो राजनीतिक यात्रापछि अब केही गर्न सक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्न सबैमा आह्वान गरे ।

उनले भने,–म कुरा भन्दा काम गरेर देखाउन आतुर छु,मलाई नेपाली काङ्ग्रेस मात्रै हैन अन्य ठुला र साना पार्टीका मतदाताहरु पनि सहयोग गर्न र भोट दिन आतुर छन । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव पुर्ब मन्त्री दिपक गिरिले दुई तिहाईको सरकार अब केही समयमै छिन्न भिन्न हुन लागेको बताउनुभयो ।

 

नेता गिरिले भने,“जनतालाई ठुलो सपना देखाएर भोट माग्ने तर सरकारमा गैसकेपछि नातागोता र कार्यकर्ता लाई मात्रै भरण पोषण गर्ने नियत अब नेपाली जनताले राम्रोसँग बुझिसकेका छन ।

सो अबसरमा नेता गिरिले काङ्ग्रेसका पालामा पश्चिम दाङको सिचाइ ,बाटो,नहर ,पुल पुलेसा र समग्रमा बिकासको बहार ल्याएको दाबी गर्दै बिकास निर्माणका कार्य जनताको जीवन स्तरमा परिवर्तनको अनुभुति गराउन नेपाली काङ्ग्रेसले जित्नै पर्ने धारणा राखे । कार्यक्रममा काङ्ग्रेस दाङका पुर्व सभापति घनश्याम रेग्मी, क्षेत्रिय सभापति जगत बहादुर खड्का, महासमिती सदस्य खिम प्रसाद खराल लगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा दाङ काङ्ग्रेसका सबै नेता,नेबिसङघ,तरुणदल,प्रेस युनियन,लगायत दर्जनबढि भातृ सङगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियोे । सो अबसरमा विभिन्न पार्टी परित्याग गरि तीन दुर्जन युवा तथा स्थानीय किसानहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका थिय उनिहरुलाई केन्द्रीय सदस्य गिरिले टीका अबिर लगायर स्वागत गरेका थिए ।

ईकाई सभापति चेतबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब चुडामणी ढकालले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *