दाङमा प्रदेशसभा सदस्य चुन्न ६८ हजार ७ सय १९ जना मतदाता
दाङ,कात्तिक २४ । जिल्लाको घोराही वडा नं. १६ र निर्वाचन क्षेत्र नं. ३ (२) मा गरि ३४ मतदान स्थल र ८२ मतदान केन्द्रहरु तोकिएको छ । जिल्लानिर्वाचनकार्यालय दाङका सूचनाअधिकारी गेहेन्द्र कँवरले दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा ३२ मतदान स्थल र घोराही वडा नं. १६ मा २ वटा निर्वाचन स्थल रहेको बताए ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ (२) मा७७ वटा मतदान केन्द्र र घोराही १६ मा ५ वटा मतदान केन्द्र रहेको जानकारी दिए । जिल्लाको दुई स्थानमाहुनगइरहेको उपनिर्वाचनमाकुलमतदाता संख्या७३ हजार १ सय७२ रहेका छन् । त्यसमध्यदाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा ६८ हजार ७ सय १९ जनामतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचनाअधिकारी गेहेन्द्र कँवरका अनुसार पुरुषमतदाताको संख्या ३३ हजार ७ सय ७८ रहेको छ भने महिलामतदाताको संख्या ३४ हजार ९ सय ४० रहेको छ । यो निर्वाचन क्षेत्रमा तेस्रो लिङ्गीमतदाताको संख्या एक जनामात्रै रहेको छ ।२०७४ सालामाभएको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा ६७हजार ६ सय ३७जना थिए ।
त्यतिबेला महिला मतदाता संख्या ३३ हजार ९ सय २३ थियो भने पुरुषमतदाताको संख्या ३३ हजार ७ सय १४ थियो । पहिलेको भन्दा यो पटक हुनगइरहेको उपनिर्वाचनमा यो निर्वाचन क्षेत्रमा१ हजार ८२ जना नयाँ मतदाता थपिएका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १६ मापुरुषमतदाताको संख्या २ हजार ८८ छ भने महिलामतदाताको संख्या २ हजार ३ सय ६५ जना रहेको छ । वडा नं. १६ मा जम्मा ४ हजार ४ सय ५३ जनामतदाता रहेको सूचनाअधिकारी कँवरले जानकारी दिए ।
अघिल्लो निर्वाचनमा यो वडामा २ हजार २ सय ८३ जनामहिलामतदाता र २ हजार ७१ जनापुरुषमतदाताथिए । यो वडामा उपनिर्वाचनमा ९९ जनानयाँमतदाताथपिएका छन् । मंसिर १४ गते हुनगइरहेको उपनिर्वाचनमा १२ राजनीतिक दल र २ जना स्वतन्त्रउम्मेदवार चुनावीप्रतिपर्धाका लागिमनोनयनदर्ता गराएका छन् ।
गत साल भन्दा दोब्बर उम्मेदवार
गतनिर्वाचनमाजिल्लामाप्रदेशसभा सदस्यपदकालागिविभिन्न ६ राजनीतिक दल र एकजना स्वतन्त्रउम्मेदवारले प्रतिपर्धा गरेका थिए । गतप्रदेशसभा सदस्यपदको निर्वाचनमादाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा मुख्यप्रतिपर्धा हालको सत्तासित दल नेकपा र नेपालीकाँग्रेसका बीचमाभएको थियो ।
गत माघमा सावरी दुर्घटनामा परि मृत्यु भएकाउत्तरकुमार वलीले तत्कालिन नेकपाएमालेवाट निर्वाचनजितेका थिए । वलीले २३ हजार ९ सय७० मत प्राप्त गरि विजयीहासिल गरेका थिए । नेपालीकाँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीले १७हजार ५ सय ३५ मत प्राप्त गरेका थिए । स्वर्गिय वली र उनका निकटतम प्रतिद्धन्दी भण्डारी बीचको मतान्तर ६ हजार ४ सय ३५ रहेको थियो ।
तेस्रो स्थानमा रहेको नेकपामालेका टोपबहादुर डाँगीले ९ सय १० मत मात्रै प्राप्त गरेका थिए । अन्यप्रतपिर्धीहरुको १०० मतपनिप्राप्त गरेका थिएनन् । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने यो निर्वाचनमापनिमुख्यप्रतिपर्धी भने सत्तासिन दल नेकपा र प्रमुखप्रतिक्षी दल नेपालीकाँग्रेसकै बीचमाहुने आँकलन गरिएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार