
तुलसीपुर, कार्तिक २३ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीले सहकारीहरुले दूग्धजन्य वस्तु उत्पादन गर्नुपर्ने बताएका छन् । दिव्यज्योति सहकारी संस्थाको ११औँ साधारण सभाको उद्घाटन गर्दै वलीले दूग्धजन्य वस्तु उत्पादन गर्दा सहकारी फाइदामा पुग्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वलीले सहकारी मर्ज गर्ने प्रक्रिया उपमहानगरले अघि सारेको पनि बताए ।
संस्थाका अध्यक्ष बसन्तकुमार शर्माको अध्यक्षता भएको कार्यक्रममा पशु सेवा कार्यालय तुलसीपुरका प्रमुख सुवास आचार्य, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदीप गौतम, संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद गौतम, शेयर सदस्य तुलसी गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका कोषाध्यक्ष गोविन्द आचार्यको स्वागत मन्तव्य सुरु भएको कार्यक्रममा प्रगति प्रतिवेदन सचिव विदुरराज गौतमले गरेका थिए भने कार्यक्रमको सञ्चालन पनि सचिव विदुरराज गौतमले गरेका थिए ।
