२०८१ असोज २९ गते मङ्गलवार

उर्जा मन्त्रीबाट निर्वाचन आचारसंहिता विपरित उद्घाटन

दाङ,कार्तिक २२ उर्जा तथा जलश्रोत वर्षमान पुनले निर्वाचन आचारसंहिताको उलंघन गरेका छन्   मन्त्री पुनले आचारसंहिता लागुभइसकेको अवस्थामा घोराही उपमहानगरपालिका वडा नं. झिंग्नीमा निर्माण पुरा भएको  १३२ केभि प्रसारण लाइनको शुक्रवार उद्घाटन गरेका छन् 

दाङमा एक प्रदेशसभा सदस्य एक वडा अध्यक्ष गरि दुई स्थानमा निर्वाचन हुन गइरहेको हुँदा निर्वाचन आचार संहिता लागु भइसकेको तर त्यसको बेवास्ता गर्दै सत्तासिन दल नेकपाका नेता तथा उर्जामन्त्रीले प्रशारण लाइनको उद्घाटन गरेका हुन

निर्वाचन आचारसंहिता लागु भएपछि  कुनैपनि संरचनाको उद्घाटन, शिलान्यास अनावरण गर्नु निर्वाचनको आचारसंहिता विपरितकोकार्य मानिन्छ

दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रशारण लाईनको उद्घाटन गरेको बारेमा संबन्धित पक्षलाई कार्यालयमाबोलाउने तथा सोधपुछ गर्ने प्रतिवद्धता जाहेर गरे यो बर्जित बाहालवाला मन्त्रीले यसो गर्नु गलत हो यो सरासर आचारसंहिताउलंघन हो,’ अधिकृत थापाले भने यो विषयमा सिडियोलाई सोधेर छलफल गरेर के गर्ने भन्ने बारेमा छलफल गरिने निर्वाचन अधिकृतथापाले जानकारी दिए मैले सिडियो सापलाई बुझे उहाँले यसो घुम्न जान्छु भन्नु भएको रहेछ,तर औपचारिक कार्यक्रम नै गरेरउद्घाटन पो गर्नु भएको भन्ने कुरा आएको ,’ अधिकृत थापाले भने उनले आफु कहाँ कसैको जाहेरी वा कुनैपनि प्रकारको गुनासोआएमा त्यो निर्वाचन आगोगमा लेखेर पठाइदिने विश्वास दिलाए

प्रकाशित मिति : २०७६ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *