शिवु खनाल,लमही।
लमही नगरपालिकाले तीन वटा निर्णय पािरत गरेको छ ।
नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता विहीवार बसेको बैठकले चालु आर्थिक वर्षमा विनियोजित रकम अनुसारको आयोजनाहरु २०७५ पुस मसान्त सम्म पुरा गरिसक्ने, नगर भित्र संचालित व्यवसायहरुको दर्ता प्रक्रिया सहज गराउन स्थलगत रुपमा नै कर्मचारी खटाउने निर्णय गरेको छ । त्यस्तै लमही नगरापलिकाले कात्तिक २६ गतेका दिन भएको आगलागीबाट अग्नी पिडित कविता धर्तीलाई २० हजार राहात स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार