दाङ,कात्तिक २१ । नेपाली काँग्रेसले युवा नेता प्रमोद बस्नेतलाई क्षेत्रीय उपसभापतिमा मनोनित गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्वर ३का सभापति जगतबहादुर खड्काले बिहीवार युवा नेता बस्नेतलाई क्षेत्रीय उपसभापतिमा मनोनित गरिएको जानकारी दिए ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमितिको सरसल्लाह पछि बस्नेतलाई काँग्रेसको क्षेत्रीय उपसभापतिमा मनोनितगरिएको क्षेत्रीय सभापति खड्काले जानकारी दिए । बस्नेत आजभन्दा २ बर्ष अगाडि राप्रपाबाट नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका थिए। त्यसअघि उनले राप्रपा बाट संविधानसभाको निर्वाचनमा प्रतिपर्धा समेत गरेका थिए ।
प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार